Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजारमा कालोपत्रे

इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजारमा कालोपत्रे

  • सुजन तिमल्सिना
  • आइतबार, असार १५ २०७६


इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजारमा कालोपत्रे

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजार क्षेत्रमा कालोपत्रे गर्ने काम शुरु भएको छ । चालु आर्थिक वर्षदेखि आर्थिक वर्षदेखि नयाँबजार क्षेत्रलाइ सफा र सुन्दकर बनाउने योजनाका साथ कालोपत्रे शुरु भएको हो ।


कालोपत्रेका लागि चालु आर्थिक वर्षमा एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा निर्माण कम्पनी मार्फत कालोपत्रेको काम शुरु भएको गाउँपालिकाका अध्यक्ष जितबहादूर राईले बताए ।


गाउँपालिकाले टेण्डर मार्फत ५८ लाख रुपैयाँमा निर्माणको काम भइरहेको हो । नयाँबजार क्षेत्रमा कालोपत्रे गर्न र सहरि सुन्दरता बढाउनका लागि आगामि आर्थिक वर्षमा समेत एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार