Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मुख्यमन्त्रीकपको ४ जिल्लाकाे छनौट आगामी असार १८ गते इलाममा

मुख्यमन्त्रीकपको ४ जिल्लाकाे छनौट आगामी असार १८ गते इलाममा

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १० २०७६


मुख्यमन्त्रीकपको ४ जिल्लाकाे छनौट आगामी असार १८ गते इलाममा

इलाम । आगामी असार १६ गतेबाट प्रदेश एकमा आयोजना हुने मुख्यमन्त्रीकप प्रदेश लिगको छनौट खेल इलाममा समेत हुने भएको छ । साविककाे मेची अञ्चलका झापा, पाँचथर, इलाम र ताप्लेजुङबीचको खेल  १८ गतेबाट इलाममा हुनेछ । एन्फाका अनुसार लिगमा प्रदेश १ का १४ वटै जिल्ला सहभागी हुनेछन । तीनवटा स्थानमा उद्घाटन खेल हुनेछ । जसअनुसार उदयपुरको गाइघाटमा १६ गतेदेखि खेल सुरू हुनेछ ।
मोरङ, उदयपुर, सोलुखुम्बु खोटाङ र ओखलढुंगाबीचको खेल गाइघाटमा हुने बताइएको छ । सुनसरीको धरानमा १७ गतेदेखि तेह्रथुम, धनकुटा , भोजपुर संखुवासभा र सुनसरीबीच खेल हुनेछ । छनोट खेल प्रदेश राजधानी विराटनगर बाहेकका सहरमा हुँदैछन । प्रदेश सरकारको रु एक करोड र अखिल नेपाल फुटबल संघ(एन्फा)को रु ३३ लाख गरी कूल १ करोड ३३ लाख रुपैयाँ प्रतियोगितामा खर्च हुने आयोजकको दाबी छ ।
प्रतियोगिताको तयारी स्वरुप भाग लिने हरेक क्लबलाई ५० हजार र १५ थान फुटबल प्रदान गरिने एन्फाका सचिव किरण राईले बताए ।
राईले तीन स्थानमा भएको खेलबाट ६ टिम छनौट भएर आउने छन् । उनीहरुबाट फाइनलमा पुग्ने टिमले विराटनगरमा फाइनल खेल खेल्नेछन । फाइनल खेलको मिति भने टुंगो लागेको छैन । पहिलो पुरस्कार रु ५ लाख, दोस्रो पुरस्कार रु ३ लाख, तेस्रो , चौथो, पाँचौ र छैटौंलाई ७५ हजार पुरस्कार राखिएको छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख, म्यान अफ द म्याचलाई ५ हजार , फाइनलको म्यान अफ द म्याचलाई १० हजार र विभिन्न ६ वटा विधाका खेलाडीहरुलाई रु २५ हजार प्रदान गरिने छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ को सहयोगमा अखिल नेपाल फुटबल संघको आयोजनामा पहिलो पटक प्रदेशस्तरीय लिग हुन लागेकोले यो प्रदेशवासीकै गौरवको विषय भएको एन्फाका सचिव किरण राई दाबी गर्छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार