बिर्तामोड – झापाली पत्रकार कुमार भट्टराईको कृति अश्वत्थामाको विमोचन गरिएको छ । शनिवार विर्तामोडमा आयोजित समारोहमा साहित्यकार गणेश रसिकले भट्टराईको उपन्यास अश्वत्थामाको विमोचन गर्नु भएको हो । पत्रकार तथा साहित्यकार भट्टराईको यो छैठौं कृति हो । यसलाई साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो ।
कृतिमाथि साहित्यकार मिश्र बैजयन्ती, कञ्चनजङ्घा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी र पत्रकार बसन्त बस्नेतले टिप्पणी र समिक्षा गरेका छन । साहित्यकार लीला अनमोलले सञ्चालन गरेको कार्यक्रममा साहित्यकारहरु कृष्ण धराबासी, सरोज ओली लगायतको उपस्थिति रहेको छ ।