Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

योग दिवसको अवसरमा इलाममा तीन दिने निःशुल्क योग सिविर

योग दिवसको अवसरमा इलाममा तीन दिने निःशुल्क योग सिविर

  • लोकल सन्देश
  • शुक्रबार, असार ६ २०७६


योग दिवसको अवसरमा इलाममा तीन दिने निःशुल्क योग सिविर

इलाम ।  योग दिवसको अवसरमा इलाममा तीन दिने निःशुल्क योग सिविर शुरु भएको छ । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको प्रदेश नम्बर एककी प्रदेश सासंद खिनि लङ्वा लिम्बुले ब्यानर पढेर उद्घाटन गरेकि थिइन् ।


मेची अञ्चल आयुर्वेद औषधालय र इलाम आयुर्वेद औषधालयको आयोजना गरिएको योग शिविरको उद्घाटन कार्यक्रममा इलाम आयुर्वेद औषधालयका प्रमुख मनोज यादवले उपस्थितलाई स्वागत गरि योगका बारेमा जानकारी गराएका थिए । शिविरको उद्घाटन गर्दै प्रदेश सासंद खिनु लङ्वा लिम्बुले योग अभ्यासको शिक्षाका लागि प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत बजेट बिनियोजन गरेको बताइन् ।

शिविरको उद्घाटन सत्रको समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले योग अभ्यासले आफ्नो शरिरलाई स्वस्थ्य राख्न सहयोग गर्ने भएकाले सबैले योग अध्यास गर्न जरुरी रहेको बताए । योग सिविरमा मेची अञ्चल आयुर्वेद औषधालयका प्रमुख खगेन्द्र पौडेलले मानिसले दैनिक जिवन र खानपानमा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराएका थिए ।
पतञ्जली योग समिति प्रदेश नम्बर एकका माहामन्त्री लक्ष्मीप्रसाद काफ्लेले योग अध्यासका बारेमा प्रशिक्षिण दिइरहनुभएको छ ।

स्वस्थ्य, निरोगी, दीर्घजीवि कसरी हुने रु यसको सबैभन्दा सरल र प्राकृतिक विधी हो, योग । न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधी सेवन गरेर नै । यद्यपी स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ, जसले हामीलाई निरोगी, जवान, उर्जावान् बनाउँछ ।

आज योग दिवस । सन् २०१५ देखि प्रत्यक वर्ष जुन २१ तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै आएको छ । नेपालमा पनि विगत तीन वर्षदेखि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

‘स्वास्थ्यका लागि योगा’ भन्ने नाराका कारण मानिसलाई योगबारे जनचेतना जगाउने उद्देश्यका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ ।

भारतीय योग गुरु बाबा रामदेवले विभिन्न सञ्चारमाध्यमद्वारा योगको प्रचार(प्रसार सुरु गरेसँगै नेपालमा पनि योगप्रति मानिसहरुको मोह बढ्न थालेको हो । योगले आत्मालाई परामात्मासित जोड्छ ।

के हो योग 

योगको शाव्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।

अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ ।

योगः एक जीवन पद्दति

योग भनेको रोगी व्यक्तिहरुका लागि चिकित्सा पद्दति हो । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् ।

स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति हो ।

यस अर्थमा योग सबैका लागि हो । योगलाई उपयोग गरेर सबैका लागि उपयोगी तथा सहयोगी बन्ने सक्ने भएकाले पनि योग आवश्यक छ ।
योगमा जम्मा ८ आसन हुन्छ । त्यसमा याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्याग पर्दछ । योगा त्यसमध्यको एउटा आसन हो ।

किन आवश्यक छ योग 

परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे । अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योग आवश्यक छ । जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।

योगले शरीरमा अक्सिजनको मात्रा बढाउँछ

बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ ।

योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ ।
जहाँ जहाँ व्यायाम हुन्छ, त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ्य हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, रोगको समेत निदान हुन्छ ।

 

उच्च रक्तचाप, मधुमेहका विरामी र योग

अहिले योग गर्नेमा धेरैजसो रोगीहरु छन् । उच्च रक्तचाप, मधुमेह, ढाडका रोगी तथा ग्याष्टिकका विरामीहरु बढी योगतर्फ आकषिर्त छन् ।

तर, जो कसैले योग गर्दा सुरुमा प्रशिक्षकसित सिकेर मात्र योग गर्न आवश्यक छ । त्यस्तै, योग गर्दा रोग र आफ्नो शारीरीक अवस्थामा ध्यान दिन जरुरी छ ।

जटिल समस्या भएमा प्राणायाम, कपालभाती, अनुलोम विलोम गर्न सकिन्छ । तर, शल्यक्रिया गरेको, गर्भवती भएमा, पेटमा घाउ वा अल्सर भएमा कपालभाती गर्न मिल्दैन । विकारलाई क्षय गर्ने कपालभाती तथा शक्तिलाई सञ्चित गर्न अनुलोपविलोप हो ।

त्यसबाहेक, सूर्य नमस्कार सबैले गर्न मिल्ने आसन हो । सूर्य नमस्कारमा जम्मा १२ वटा आसन हुन्छ ।

सबै आसन गर्न भ्याएन भने पनि सूर्य नमस्कारका १२ वटा आसन र केहीबेर प्राणायम गरेमा मात्र पनि शरीर स्वस्थ्य रहन्छ ।

योगका लागि ध्यान आवश्यक

योग गर्नाका लागि सबैभन्दा पहिले योगलाई अंगाल्न आवश्यक छ । कम्तिमा मानिसले योगलाई अंगाल्नुपर्छ । त्यसपछि ध्यान पनि बढ्दै जान्छ । हामीले बच्चालाई प्रभावित गर्न चकलेट दिनुपर्छ । यसको लागि जगिङ्ग जरुरी छ । जगिङ्ग तथा सूर्य नमस्कारले शरीरलाई तन्काउने काम गर्छ ।

नेपालमा योगको अवस्था

नेपालमा मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । पहिले पहिले रासायनिक मल थिएन, खानामा विषादिको प्रयोग थिएन, जसले गर्दा खाना स्वस्थ्य थियो । अर्को कुरा त्यतिबेला यातायातको सुविधा र्थिन । मानिसहरु श्रम गर्थे । खानपान राम्रो थियो, जसले गर्दा उनीहरुलाई रोग लाग्दैनथ्यो ।

तर, अहिले मानिसहरुसित सुविधा छ, पैसा छ तर श्रम छैन । अहिलेको खाना स्वस्थ्यकर छैन । खाना विशाक्तले भरिपूर्ण छ । मानिसहरुलाई शरीरमा भएको विशाक्तता फाल्नका लागि पनि अहिले योग आवश्यक्ता छ ।

यसमा बाबा रामदेवले सहजीकरण गरिदिएका छन् । पहिले पहिले योग भनेको साधु सन्तले गर्ने भन्ने हुन्थ्यो । अहिले योग जो कोहीले गर्न सक्छन् भन्ने जनचेतना मानिसमा आइसकेको छ । यो पतञ्जली योगमा आधारित पुरानै विधा हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार