चुरे क्षेत्रमा वन विनास र भु–क्षय नियन्त्रणका लागी वृक्षारोपण कार्यक्रम ( भिडियाे सहित)

इलाम । चुरे क्षेत्रमा बढदो वन विनास र भु–क्षय नियन्त्रणका लागी वृक्षारोपण कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाइएको छ । कमलो भु–संरचना भएको क्षेत्रमा वन फडानी बढेपछि तराईका उर्वर जमिन मरुभुमी हुने खतरा बढेपछि डिभिजन वन कार्यालयले सामुदायिक वनसंगको सहकार्यमा विभिन्न अवसर पारेर खाली जग्गामा वृक्षारोपण कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाइरहेको छ । सोही अनुसार चुरे संरक्षण दिवसको अवसरमा इलामको माई नगरपालिका–१० मा रहेको बगैचा सेरो सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।
बगैचा सेरो सामुदायिक वन उपभोक्ता समितीको ७ हेक्टर नाङगो क्षेत्रमा टिक जातका विरुवाहरु रोपिएको हो । डिभिजन वन कार्यालय इलामका प्रमुख श्रीप्रसाद बरालले चुरे क्षेत्र कमलो भएकाले यसको संरक्षण हुन नसके तराई मरुभुमी हुन सक्ने खतरा रहेको बताए । ‘ चुरे कान्छो पहाड भएकाले यसको संरक्षण हुन नसके तराईमा पानी श्रोतहरु सुक्न सक्छन ।’ उनले भने ‘ पहाडका ढुङगा तराईमा थुप्रिन्छन । अन्न भण्डार तराई मरुभुमी भए पहाडमा बस्नेहरुमा समेत समस्या देखिन सक्छ ।’
चुरे क्षेत्रका वनभित्र मानव बस्ती बस्ने क्रम बढेपछि पछिल्लो समय फडान तिव्र रुपमा बढेपछि सरोकारवाल निकाय चिन्तित बनेका छन । वन संरक्षणका लागी नेपाल सरकारले योजना बनाएर चुरेमा वृक्षारोण गर्ने कार्यक्रमलाई अगाडी सारेकोछ ।
कार्यक्रममा बोल्दै माई नगर प्रमुख दिपककुमार थेवेले चुरे मासिए भु–क्षय र पानीको संकट देखिने खतरा रहेको बताए । उनले सामुदायिक वनले बजेट वातावरण संरक्षणमा खर्च नगरेर बाटो निर्माणमा खर्च हुने गरेको बताए । वन विकासमा लाग्न सवैसंग थेवेले आग्रह गरे । ‘६० वटा सामुदायिक वन माई नगरपालिकामा छन । एउटै पालिकामा यति धेरै हुनु भनेको बन नै बन हो ।’ उनले भने ‘दुखको कुरो राजमार्ग र तराईले छोएको वन संरक्षित छन अनकान्टारमा सामुदायिक वन नाम मात्र छ ।’
वन संरक्षणको फाइदा बारेमा जानकारी नभएर पनि वन फडानी भएको उनको भनाई छ । इलामको माई नगरपालिका, चुलाचुली गाँउपालिका र माङसेवुङ गाँउपालिका चुरे क्षेत्रमा पर्दछ । करिव ९० हजार मानिसहरु चुरे क्षेत्रमा बसोबास गर्दछन ।
यस क्षेत्रका बासिन्दामा चुरे क्षेत्रका वन मासिएकै कारण खानेपानीका स्रोत घटेको थाहा भए पनि वन बिनास भने घट्न सकेको छैन । चुरे क्षेत्रमा भएको वन फडानीपछि आएको पहिरो र बाढीले बर्षेनी तराई क्षेत्र प्रभावित हुँदै आएको छ ।
चुरे भएर बग्ने नदी र खोला धार परिवर्तन गरेर तथा क्षेत्र विस्तार गरेर तराईमा बग्दा खेतियोग्य जमिनमा क्षति पुग्ने गरेको छ । जसबाट किसान समस्यामा परेका छन । चुरे पहाड कमजोर हुँदै गएसँगै इलाम र झापा जिल्लामा बाढीको खतरा बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२ औ दक्षिण एसियाली खेल सागमा स्वर्ण जित्ने सपना...

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका...

फिक्कल । पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न...

एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं।...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...