सन्दकपुर गाउँपालिकामा दुईवटा जडिबुटी संकलन केन्द्र स्थापना
विश्व वातावरण दिवसको अवसरमा सामुदायिक वनमा बृक्षारोपण

इलाम, २२ जेठ
इलामको उत्तरी क्षेत्रमा उत्पादित भएको जडिबुटी संकलन भण्डारण र प्रशोधनको लागि सन्दकपुरमा दुइवटा जडिबुटी भण्डारण तथाप्रशोधन केन्द्रको स्थापना भएको छ । डिभिजन वन कार्यालयको जडिबुटी विकास कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय, सहकारी र कृषि फर्मको लगानीतथा सन्दकपुर गाउँपालिका कार्यालयको प्राविधिक सहयोगमा जडिबुटी भण्डारण तथा प्रशोधन केन्द्र स्थापना गरिएको हो ।
सन्दकपुर गाउँपालिका–३ मा सन्दकपुर कीवि सहकारी संस्थाको सहकार्यमा जडिबुटी भण्डारण तथा प्रशोधन केन्द्र बनाइएको छ । केन्द्र निर्माणको लागि डिभिजन वन कार्यालय इलामले १८ लाख रुपैयाँ लगानी गरेको छ भने सहकारी संस्थाको चार लाख ४७ हजार चारसय ९५ रुपैयाँ गरि २२ लाख ४७ हजार चार सय ९५ रुपैयाँको लागतमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिएको हो । त्यस्तै माइपोखरी हर्वल अग्र्यानिक एग्रिकल्चर फर्मको सहकार्यमा अर्को जडिबुटी भण्डारण तथा प्रशोधन केन्द्र निर्माण सम्पन्नभएको छ । सो केन्द्र निर्माणको लागि डिभिजन वन कार्यालयले १२ लाख रुपैयाँ लगानी गरेको छ । फर्मले तीन लाख एक हजार एक सय ५५ रुपैयाँ साझेदारी गरेको छ । भण्डारण केन्द्रमा विद्युत तथा सेलारबाट सञ्चालन हुने ड्रायरको समेत ब्यवस्था गरिएको छ । सुकाएर राख्नुपर्ने औषधिजन्य जडिबुटी समेत लामो समय भण्डारण गर्न सकिने छ ।
आगो या घाममा सुकाएको जडिबुटी गुणस्तरीय नहुने र ढुसि पलाउने समस्या देखिने भएकाले भण्डारण केन्द्रमाभएको ड्रायर प्रभावकारी हुने सन्दकपुर गाउँपालिकाकाअध्यक्षउदय राई बताउँछन् । यस अघि भण्डारण केन्द्रको अभावमा किसानले भाउ नपाउँदै उत्पादन विक्री गर्नुपर्ने बाध्यता थियो । दुवै जडिबुटी भण्डारण तथाप्रशोधन केन्द्रको जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले उद्घाटन गरे । केन्द्र निर्माण भएपछि त्यस क्षेत्रमाउत्पादित जडिबुटी सुरक्षित रुपमा भण्डारण गरेर बजारमा राम्रो भाउ पाएको बेला विक्री गर्न सकिने माइपोखरी हर्वल अग्र्यानिक एग्रिकल्चर फर्मका सञ्चालक देउकुमार राईले बताए ।
यसै बीच विश्व वातावरण दिवसको अवसर पारेर सन्दकपुर गाउँपालिकाको टप्पु जरुवा सामुदायिक वनमा बृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय र सन्दकपुर गाउँपालिकाको आयोजनामा सामुदायिक वनमा रैथाने प्रजातिको विरुवा रोपिएको हो । त्यहाँ बज्राठ, बान्टे, चाँप लगायतका विरुवा रोपिएको छ । बृक्षा रोपणमा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल गाउँपालिकाका अध्यक्ष उदयबहादूर राई, २ वडाध्यक्ष गिरिराज खनाल हरु, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिना लगायतको सहभागिता थियो । सन्दकपुर गाउँपालिकाले स्थानीय प्रजातिको बन विकास गर्ने भन्दै आयातित प्रजातिको विरुवालाई प्रतिवन्ध गरेको छ । गाउँपालिकाले जेठ ३ गतेबाट स्थानीय प्रजातिको विरुवा बृक्षरोपण गर्न थालिएको छ ।
यो वर्ष ३० हजार विरुवा रोपिने गाउँपालिका अध्यक्ष राई बताउँछन् । अर्को वर्ष एक लाखभन्दा बढि स्थानीय प्रजातिको विरुवा उत्पादन हुने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन...

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका...

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो...

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...