Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकामा दुईवटा जडिबुटी संकलन केन्द्र स्थापना

सन्दकपुर गाउँपालिकामा दुईवटा जडिबुटी संकलन केन्द्र स्थापना

  • सन्देस सम्बाददाता
  • बिहिबार, जेष्ठ २३ २०७६


सन्दकपुर गाउँपालिकामा दुईवटा जडिबुटी संकलन केन्द्र स्थापना

इलाम, २२ जेठ
इलामको उत्तरी क्षेत्रमा उत्पादित भएको जडिबुटी संकलन भण्डारण र प्रशोधनको लागि सन्दकपुरमा दुइवटा जडिबुटी भण्डारण तथाप्रशोधन केन्द्रको स्थापना भएको छ । डिभिजन वन कार्यालयको जडिबुटी विकास कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय, सहकारी र कृषि फर्मको लगानीतथा सन्दकपुर गाउँपालिका कार्यालयको प्राविधिक सहयोगमा जडिबुटी भण्डारण तथा प्रशोधन केन्द्र स्थापना गरिएको हो ।


सन्दकपुर गाउँपालिका–३ मा सन्दकपुर कीवि सहकारी संस्थाको सहकार्यमा जडिबुटी भण्डारण तथा प्रशोधन केन्द्र बनाइएको छ । केन्द्र निर्माणको लागि डिभिजन वन कार्यालय इलामले १८ लाख रुपैयाँ लगानी गरेको छ भने सहकारी संस्थाको चार लाख ४७ हजार चारसय ९५ रुपैयाँ गरि २२ लाख ४७ हजार चार सय ९५ रुपैयाँको लागतमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिएको हो । त्यस्तै माइपोखरी हर्वल अग्र्यानिक एग्रिकल्चर फर्मको सहकार्यमा अर्को जडिबुटी भण्डारण तथा प्रशोधन केन्द्र निर्माण सम्पन्नभएको छ । सो केन्द्र निर्माणको लागि डिभिजन वन कार्यालयले १२ लाख रुपैयाँ लगानी गरेको छ । फर्मले तीन लाख एक हजार एक सय ५५ रुपैयाँ साझेदारी गरेको छ । भण्डारण केन्द्रमा विद्युत तथा सेलारबाट सञ्चालन हुने ड्रायरको समेत ब्यवस्था गरिएको छ । सुकाएर राख्नुपर्ने औषधिजन्य जडिबुटी समेत लामो समय भण्डारण गर्न सकिने छ ।


आगो या घाममा सुकाएको जडिबुटी गुणस्तरीय नहुने र ढुसि पलाउने समस्या देखिने भएकाले भण्डारण केन्द्रमाभएको ड्रायर प्रभावकारी हुने सन्दकपुर गाउँपालिकाकाअध्यक्षउदय राई बताउँछन् । यस अघि भण्डारण केन्द्रको अभावमा किसानले भाउ नपाउँदै उत्पादन विक्री गर्नुपर्ने बाध्यता थियो । दुवै जडिबुटी भण्डारण तथाप्रशोधन केन्द्रको जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले उद्घाटन गरे । केन्द्र निर्माण भएपछि त्यस क्षेत्रमाउत्पादित जडिबुटी सुरक्षित रुपमा भण्डारण गरेर बजारमा राम्रो भाउ पाएको बेला विक्री गर्न सकिने माइपोखरी हर्वल अग्र्यानिक एग्रिकल्चर फर्मका सञ्चालक देउकुमार राईले बताए ।

यसै बीच विश्व वातावरण दिवसको अवसर पारेर सन्दकपुर गाउँपालिकाको टप्पु जरुवा सामुदायिक वनमा बृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय र सन्दकपुर गाउँपालिकाको आयोजनामा सामुदायिक वनमा रैथाने प्रजातिको विरुवा रोपिएको हो । त्यहाँ बज्राठ, बान्टे, चाँप लगायतका विरुवा रोपिएको छ । बृक्षा रोपणमा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल गाउँपालिकाका अध्यक्ष उदयबहादूर राई, २ वडाध्यक्ष गिरिराज खनाल हरु, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिना लगायतको सहभागिता थियो । सन्दकपुर गाउँपालिकाले स्थानीय प्रजातिको बन विकास गर्ने भन्दै आयातित प्रजातिको विरुवालाई प्रतिवन्ध गरेको छ । गाउँपालिकाले जेठ ३ गतेबाट स्थानीय प्रजातिको विरुवा बृक्षरोपण गर्न थालिएको छ ।

यो वर्ष ३० हजार विरुवा रोपिने गाउँपालिका अध्यक्ष राई बताउँछन् । अर्को वर्ष एक लाखभन्दा बढि स्थानीय प्रजातिको विरुवा उत्पादन हुने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार