Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ का अर्थमन्त्रीले भने : बजेट केन्द्रीकृत र वितरणमुखी

प्रदेश १ का अर्थमन्त्रीले भने : बजेट केन्द्रीकृत र वितरणमुखी

  • सन्देस सम्बाददाता
  • बिहिबार, जेष्ठ १६ २०७६


प्रदेश १ का अर्थमन्त्रीले भने : बजेट केन्द्रीकृत र वितरणमुखी

विराटनगर । संघीय सरकारका अर्थमन्त्री डा।युवराज खतिवडाले बुधबार ल्याएको आर्थिक वर्ष २०७६र७७ को बजेटप्रति प्रदेश १ सरकारले असन्तुष्टि जनाएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बोले बजेट केन्द्रीकृत र वितरणमुखी भएको टिप्पणी गरे । ‘बजेट वितरणमुखी, केन्द्रीकृत, एकात्मक शासन प्रणालीबाट आएको छ’ उनले भने ‘संघीयताको मर्म विपरीत बजेट ल्याएको देखिन्छ ।’

उनले संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई बढी अनुदान दिएर विकासको मुख्य माध्यम बनाउनुपर्नेमा उल्टो बजेट बढी वितरणमुखी र केन्द्रिकृत मानसिकताबाट ल्याएको बताए ।

प्रदेश र स्थानीय तह जनताको नजिकको सरकारलाई संघीय सरकारले बजेटमा उपेक्षा गरेको उनको भनाइ छ । मन्त्री आङ्म्बोले संविधानले नै मझौला र साना आयोजनाको जिम्मा प्रदेश सरकार र स्थानीय तहलाई अधिकार दिएको भए पनि त्यो अधिकार र जिम्मेवारी अनुसारको बजेट राख्नलाई संघीय सरकारले कमजोरी गरेको बताए ।

उनले संघीय सरकारले अधिकांश बजेटको हिस्सा केन्द्रमा राखेको बताए । प्रदेश र स्थानीय सरकालाई बजेटको २५ देखि ३० प्रतिशत हिस्सा दिनुपर्ने माग राखे पनि त्यो नभएर विगतकै जस्तो निरन्तरता दिने काम यो बजेटमा पनि भएको मन्त्री आङ्म्बोको धारणा छ ।‘समग्र विकास र समृद्धिको मुख्य आधार प्रदेश र स्थानीय तह हुनुपर्ने हो’, मन्त्री आङ्म्बोले भने ‘तर त्यसको सम्पूर्ण जिम्मेवारी संघीय सरकारले नै लैजाँदा बजेट संघीयताको मर्म विपरीत आएको देखिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार