अभाव झेल्दै नमूना बन्यो माई नगरकाे कन्काई मावि

माई । पछिल्लो समय सामुदायिक विद्यालयमा बिद्यार्थीको संख्या बढ्दै गएको छ । केही वर्ष अघिसम्म सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या न्यून भएका कारण केही सामुदायिक विद्यालय छिमेकी विद्यालयमा समेत गाभिए । तल्लो कक्षामा विद्यार्थी संख्या न्यून भएका कारण इलामका केही विद्यालय अर्को विद्यालयसंग गाभिएका छन् । तर, दक्षिणी इलामको माई नगरपालिकामा रहेको कन्काई माध्यमिक विद्यालयमा भने बिद्यार्थी संख्या बढी भएका कारण एउटा कक्षालाई तीन बर्ग (सेक्सन)मा विभाजन गरेर पठन– पाठन गर्नुपर्ने बाध्यता छ ।
नौ सयभन्दा बढी विद्यार्थी अध्ययनरत् सो विद्यालयमा कक्षा नौमा मात्रै १४७ विद्यार्थी अध्ययनरत् छन् । हिमाली जिल्लामा ३०, पहाडी जिल्लामा ४० र तराईमा ५० जना बिद्यार्थीलाई एउटा कक्षामा राखेर पठनपाठन गराउनुपर्ने शिक्षा नियमावलीमा उल्लेख छ । कन्काई माध्यमिक विद्यालयमा बिद्यार्थीसंख्या धेरै भएका कारण कक्षा नौलाई तीन वर्गमा विभाजन गरिएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलले बताए । उनले भने– ‘तल्लो कक्षामा बिद्यार्थी संख्या न्यून भए पनि माथिल्लो कक्षामा उच्च छ, जसका कारण बिद्यालय सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ ।’
विद्यालयले कक्षा १०का विद्यार्थीलाई पनि वर्ग विभाजन गरेर पठनपाठन गराइरहेको छ । कक्षा १० मा पनि तीन वर्गमा राखेर विद्यार्थीलाई पठनपाठन गराइँदै आएको प्रधानाध्यापक पौडेलले बताए । ‘३ वटा वर्गमा विभाजन गरेर पठनपाठन गराउँदा शिक्षकको अभाव, भवन र डेक्स बेञ्चको अभाव छ’– प्रधानाध्यापक पौडेल भन्छन– ‘दक्षिणी इलामको माई नगरपालिकामा बिद्यार्थी चाप उच्च भएको बिद्यालय यही हो, यहाँको बिद्यालयको क्षेत्रभित्र अन्य थुप्रै विद्यालय भएकाले ती बिद्यालयमा अध्ययन गर्ने विद्यार्थी कन्काई मै आउने भएकाले माथिल्लो कक्षामा बिद्यार्थी संख्या बढेको हो ।’
विद्यालयको सेवा क्षेत्र कम हुनु र गरुवा खोला तथा ढलापानी खोलाले घेरिएका कारणले तल्ला कक्षामा विद्यार्थी थोरै हुने गरेको उनको भनाइ छ । कन्काई माध्यमिक विद्यालय नजिकै दुई वटा आधारभूत विद्यालय र दुई वटा संस्थागत विद्यालय भएका कारणले पनि विद्यालयको तल्लो तहमा विद्यार्थी संख्या न्यून भएको उनको भनाइ छ । कन्काई माविमा कक्षा ९ र १० मात्रै ३२५ विद्यार्थी अध्ययनरत् छन्, गत वर्ष ३४२ बिद्यार्थी अध्ययनरत रहेका थिए ।
बिद्यालयको तथ्याङ्क हेर्ने हो भने तल्लो कक्षामा बिद्यार्थी संख्या न्यून भए पनि माथिल्लो कक्षामा विद्यार्थीको संख्या उच्च छ । नजिकै रहेका सामुदायिक विद्यालय र निजी विद्यालयका बिद्यार्थी समेत एसईई परीक्षा सामुदायिक विद्यालयबाट दिन आउने भएकाले मावि तहमा विद्यार्थीको संख्या अधिक रहेको प्रधानाध्यापक पौडेलले बताए । प्रधानाध्यापक पोडेलका अनुसार कक्षा १–५मा बिद्यार्थी संख्या ५३ रहेको छ भने कक्षा ६–८मा २२३ र कक्षा ११–१२मा ३०१ बिद्यार्थी रहेका छन ।
गत वर्षको तथ्ङ्क हेर्ने हो भने कक्षा १– ५ मा ३५ जना बिद्यार्थी थिए । त्यस्तै कक्षा ६–८ मा २८१ विद्यार्थी अध्ययनरत् थिए । यता कक्षा ९ र १०मा गत वर्ष ३४२ जना बिद्यार्थी अध्ययनरत् थिए । विद्यालयले कक्षा तीन सम्म अंग्रेजी माध्ययममा पठनपाठन गराउन शुरु गर्ने र प्रत्येक वर्ष त्यसलाई स्तरवृद्धि गर्दै लैजानुले पनि विद्यार्थी संख्या बढ्दै गएको हो– प्रधानाध्यापक पौडेल भन्छन्– ‘विद्यालयमा अध्ययनरत् बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेकाले पनि विद्यार्थीको आकर्षण बढेको हो ।
कक्षा ११ र १२मा अध्ययनरत् बिद्यार्थीको मासिक शुल्कबाट आधारभूत तहका विद्यार्थीलाई खाजा खुवाइँदै आइएको छ । बालकक्षाको उत्कृष्ट व्यवस्थापन र खाजाका लागि एक जना कर्मचारीको समेत व्यवस्थापन गर्दै कक्षा १देखि ५सम्मका सबै बालबालिकालाई विद्यालयले गतवर्षबाट दिवा खाजाको व्यवस्था गरेको हो । २४ जना शिक्षक कार्यरत सो विद्यालयमा कक्षा ११ र १२का लागि तीन जना शिक्षक करारमा रहेका छन् । कक्षा ९ र १०मा स्थायी र ६–८मा ४ स्थायी र दुई करार शिक्षक कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ । यता आधारभूत तहमा १० जना स्थायी शिक्षक कार्यरत छन ।
विद्यालयमा माथिल्लो कक्षामा विद्यार्थी संख्या उच्च हुँदा प्राथमिक तहका शिक्षकले माध्यमिक तहसम्म अध्यापन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक पोडेल बताउँछन् । उनी भन्छन– ‘माध्यमिक तहमा विद्यार्थी संख्याको अनुपातमा शिक्षकको दरबन्दी कम छ ।’ बिद्यार्थी संख्या उच्च भए पनि दरवन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या हुने गरेको उनको भनाइ छ । उनी भन्छन्– ‘अहिले पनि हामी कहाँ विज्ञान विषय पढाउने शिक्षक हुनुहुन्न ।’
विद्यालयको आन्तरिक स्रोत नभएकोले विद्यालय सञ्चालनमा कठिनाई हुँदा समेत विद्यालयले कतैबाट र्आिथक सहयोग नपाउने गरेको प्रधानाध्यापकको गुनासो छ । विद्यार्थीका लागि खानेपानीको समस्या रहेको भन्दै प्रधानाध्यापक पौडेल भन्छन्– ‘विद्यार्थीले अहिले अभावकै बीचमा पढ्नुपर्ने बाध्यता छ, हामीसँग बिद्यार्थीलाई पिउने पानीको व्यवस्थापन गर्न सक्ने सामथ्र्य पनि छैन ।’
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन...

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका...

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो...

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...