Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साइक्लिङबाट पूर्वका पर्यटकीयस्थलको प्रवर्दन गर्दै साइकल यात्री (फोटो फिचर)

साइक्लिङबाट पूर्वका पर्यटकीयस्थलको प्रवर्दन गर्दै साइकल यात्री (फोटो फिचर)

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ४ २०७६


साइक्लिङबाट पूर्वका पर्यटकीयस्थलको प्रवर्दन गर्दै साइकल यात्री (फोटो फिचर)

फिक्कल । धार्मिक पर्यटकहरुको घुइचो रहने इलामको कुटिडाँडा शनिबार साइकलले भरिभराउ थिए । टाउकोमा गो–प्रो जडित हेलमेट हातमा पन्जा आँखामा गगल्र्स लगाएका साइकलयात्रीको माहोलले कुनै रेस आयोजना जस्तै देखिन्थ्यो । तर अवसर थियो भिजिट नेपाल २०२० लाई लक्षित गरेर आयोजित साइकल यात्रा । जहाँ प्रतिस्पर्धा नभएर सहकार्य थियो । पहाडमा साईकल बिरलै मात्र देखिन्छ
पर्यटन प्रर्वधन र प्रचार–प्रसार गर्ने उद्देश्यले काठमाडौँबाट आएका ६५ बढी तथा इलाम झापा र सुनसरीका गरी ८० जना बढी राईडर्सले पहिलो दिन इलामको कुटिडाँडाबाट इलामबजारसम्म ५० किलोमिटर यात्रा साइक्लिङ गरे । यात्रालाई स्वागत गर्दै रोङ गाँउपालिका–३ का वडाध्यक्ष मात्रिका बरालले साईकल यात्राले इलामको पर्यटन प्रर्वधन र प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘साइकल चलाऔँ, स्वस्थ रहौँ’ नाराका साथ शुरु भएको साईकल यात्रालाई बाटो बाटोमा स्थानीय र जनप्रतिनिधिले अविर र खदाले स्वागत गरेका थिए । झापा शनिश्चरेका बासिन्दा योगेन्द्र थापाको पहलमा सुरु भएको यात्राले इलामको पर्यटनको कोसेढुंगा सावित हुने अपेक्षा राखिएको छ । ‘छिन छिनमा परिर्वतन हुने मौसम चियाको बगान र मनोरम दृश्यले कसलाई नलोभ्याउला र ? थापाले भने ‘ इलामको मौसमले साईकलयात्रीलाई पटक पटक यहा आउन प्रेरित गर्छ,’


साईकल यात्रामा सहभागी रोङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनिकुमार स्याङबोले साईक्लिङको प्रसस्त संभावना रहेकाले आगामी दिनमा गाउँपालिकाले साईक्लिङका लागि छुट्टै रुटको निर्माण गरिने बताए । साईकल यात्रामा नेपाली सेनाको पशुपतिप्रसाद गण इलामका गणपति असिमदिप गुरुङ , झापाबाट आएका चिकित्सक लगायतको समेत सहभागीता थियो । साईकल यात्रीलाई सूर्योदय नगरपालिकाले बिहानको खानाको बन्दोबस्तो जुटाईदिएको थियो । सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमाउगेन लामाले पर्यटकीय नगरीमा साईक्लिङको संभावना अध्ययन गरिने बताए । साईकल यात्रीलाई इलाम बजारमा इलाम उद्योग बाािणज्य संघले स्वागत गर्दै शनिबार बेलुकीको बस्ने खाने प्रर्वन्ध मिलाएको नवनिर्वाचित अध्यक्ष इश्वर चिपालुुले बताए । साईकलयात्रीको टोली आईतबार इलाम बजारबाट माईखोला दानाबारी हुँदै बिर्तामोड झर्ने थापाले बताए । ५ बर्षअघि विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा ८ जना दार्चुलाबाट ४५ दिनको यात्रा गर्दै इलाममा सम्पन्न गरेका थिए ।


पर्यटन प्रबद्र्धनका लागि हिमाली क्षेत्रमा साइकलिङको राम्रो संभावना रहेकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । ३ बर्षअघि पनि उहाँले ‘टूर डे इलाम’ नाम दिइएको पर्यटन यात्रा पाँचथरको लेक गाउँ, बुधबारे, राजारानीदेखि भेडेटार हुँदै धरान सम्म गर्नुभएको थियो । प्रदेश नं एक साइक्लिङको उत्कृष्ट गन्तव्य रहेको साइक्लिङ एसोसिएनसनका अध्यक्ष राजन लिम्बु बताउँछन । धरानबाट धनकुटाको भेडेटारबाट राजारानी हुँदै पाँचथरको राँके बजारबाट इलाम –माइपोखरी हुँदै सन्दकपुर सम्म उत्कृष्ट ट्रेल रहेको उनको भनाई छ । उक्त क्षेत्रमा ५ दिनको को यात्राको प्याकेज रहने छ । साईकिलिङबाट पूर्वका अधिकाश सुन्दर स्थलको अवलोकन गर्न सकिन्छ भने पूर्वी नेपाल र भारतका अधिकाँश हिमालय पर्वतको अवलोकन गर्न सकिने संभावना रहेको बताईएको छ ।


साइकलबाट स्वास्थ्य सुधारका साथै साइकल यात्रीले पूर्वी नेपालमा ३ वटा साइकल यात्र पदमार्ग समेत बनाएर पर्यटन प्रवद्र्धनमा जुटेकोमा सूर्योदय द्योग बाणिज्य संघका सदस्य सुजन तिमसिनाले खुशि व्यक्त गरे । तिमसिनाले भने पूर्वी नेपालका पर्यटकीयस्थलहरुको प्रवद्र्धनका लागि साइकल यात्रीको भुमिका बढ्दै गएकाले बिदेशी पर्यटक पनि साइकल लिएर आउने गरेका छन् । विश्व साइकल यात्री पुस्कर साहाले तीन वर्ष अघि साइकल यात्रा गरेको इलामको कन्याम, पाथिभरा, फिक्कल, माइखोला हुँदै ८५ जना साइकल यात्री इलाम बजार सनिवार पुगेको थिए । इलाम, सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको संयोजनमा काठमाडौँ, झापा, मोरङ्ग, सुनसरी र इलामका साइकल यात्रीले यात्रा रोमान्चक भएको प्रतिक्रिया दिएका थिए ।


यात्राको संयोजन गरेका योगेन्द्र थापाले भने ‘इलामको कुटिडाँडादेखि इलाम बजार सन्दकपुर सम्म धेरै पर्यटकीयस्थल भएकाले यात्रा रोमान्चित हुन्छ ।’ छिनछिनमा बदलिरहने मौसम र प्राकृतिक सुन्दरताको अवलोकन गर्दै हिड्न पाउँदा साइकल यात्री उत्साहित हुने अनुभव थापाको छ । एक दशक अघि धरानमा साइक्लिङ एशोसिएसन गठन भएसँगै पूर्वी नेपालमा साइकलमा रमाउने यात्री थपिदै गएको साइकल यात्री राजन लिम्बु बताउँछन । धरान सहरलाई साइकल सिटि घोषणा भएसँगै साइकल यात्रीले पूर्वको इलाम पाँचथर, तेह्रथुम, धनकुटा र ताप्लेजुङ्गका पर्यटकीयस्थलमा विदेशी पर्यटक पनि भित्र्याउँदै आएको सूर्योदय नगरपालिका १० का अध्यक्ष पेमाउगेन लामाले बताए । साइकल यात्रीले विदेशी पर्यटक र नयाँ साइकल यात्रीलाई घुमाउन ३ वटा पदमार्ग समेत छनौट गरेका छन् । धरान बसन्तपूर पाँचथर चिवाभञ्ज्याङ्ग हुँदै सिक्किम, इलामको पाथिभरा कन्याम नयाँबजार सन्दकपुर र धरान भेडेटार राजारानीहुँदै पाँचथरको रबिको रुट समेत बनाएका छन् ।


शुरुमा लाहुरेको सहर धरानमा साइकल यात्री देखिने गरेपनि अहिले पूर्वको इलाम, दमक, विर्तामोड, इटहरी र विराटनगरमा डेढ सयको संख्यामा साइकल यात्री बढेको छन् । पर्यटनको संभावना भएको इलाममा साइकलको माध्यमबाट रमाउने चियाबारी र प्राकृतिक सुन्दरताका क्षेत्र भएकाले स्थानीय सरकारले त्यसको सूरुवात गर्नुपर्ने साइकल यात्री बुद्ध तामाङले बताउँछन । सनिबारबाट शुरु भएको साइकल यात्रा इलामको चिसापानी हुँदै झापाको विर्तामोड पुगेर टुङ्गिने संयोजक थापाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार