Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

फिक्कलमा २ महिन प्लम्विङ तालिम समापन

फिक्कलमा २ महिन प्लम्विङ तालिम समापन

  • स्मिता देवान
  • शुक्रबार, जेष्ठ ३ २०७६


फिक्कलमा २ महिन प्लम्विङ तालिम समापन

फिक्कल । सुर्योदय नगरपालिकामा २ महिने प्लम्विङ तालिम आज समापन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितीको आयोजना पिरामिड टेक्निकल इन्स्टिच्युटको सहआयोजना र सुर्योदय नगरपालिकाको सहयोगमा भएको तालिममा नगर क्षेत्रका ९ जना युवाहरुको सहभागीता रहेको थियो ।
वडा नं १० का अध्यक्ष पेमा उगेन लामाको अध्यक्षता तथा कार्यबाहक नगरप्रमुख दुगादेवी भट्टराईको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा विशेष अतिथी प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेल, दलित नगर समन्वय समितीका अध्यक्ष कमल गदाल, नेपाल घरेलु महासंघको सचिव स्मिता देवान लगायतको आतिथ्यता रहेको थियो ।
तालिमको सहभागीहरुलाई कार्यक्रमका अध्यक्षले प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम घरेलु तथा साना उद्योग विकास समितीका नायव सुव्वा खड्ग बस्नेतले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार