रोङ । उपराष्ट्रपती कप चिल्ड्रेन गेम २०७६ को लागी इलाममा कराते खेलाडीहरु छनौट गरिएको छ । रोङ गाँउपालिका–३ कुटिडाँडामा सम्पन्न छनौट खेलबाट महिला र पुरुषका ६ वटा विधामा १२ जना खेलाडीहरु छनौट गरिएको हो । छनौट हुने खेलाडीहरुमा ३० केजी महिलामा सरस्वती मावि दानाबारीकी दिक्षा गुरुङ र चिल्ड्रेन गार्डेन स्कुलकी आयुष्मा तामाङ, ३४ केजी तौल समुहमा इलाम विद्या मन्दिरकी योलिना ठकुरी र निमाहाङ राई छनौट भएका छन ।
३८ केजी महिलामा ग्रिनभ्यालीकी निप्सुङ राई र इलाम विद्या मन्दिरकी योलिसा ठकुरी चयन भएको जिल्ला कराते संघका अध्यक्ष एवम अन्तराष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङ राईले जानकारी दिए । त्यसैगरी पुरुष तर्फ ३० केजी तौलमा करफोक माविका साहिल राई र शान्ति निकेतनका मौसम भुजेल छनौट भएका छन ।
३५ केजी तौलमा करफोक माविमा अनुराग राई र निशान अधिकारी तथा ४० केजी तौलमा न्युलाइट मावि दानाबारीका समित श्रेष्ठ र हिमेश प्रधान छनौट भएका छन । छनौट भएका खेलाडीहरुले प्रदेश स्तरिय हुँदै राष्ट्रिय गेममा सहभागीता जनाउन पाउनेछन ।