बिर्तामोड । झापामा आन्दोलनरत चिया मजदुरले ३८ औं दिनमा मजदुरले श्रम ऐन लागु गर्न माग गर्दै तातो सडकमा सुतेका छन् । सयौं चिया मजदुर भेला भएर बिर्तामोडको मुक्ति चोकमा बाटो रोकेर उनीहरु सुतेका हुन। सडकमा सवारी आवातजावत नै रोकेर आन्दोलन सशक्त बनाउने उनीहरुले चेतावनी दिएका छन् । सडकमा मजदुर सुतेपछि यातायातका सवारी पनि चल्न पाएका छैनन् । आक्रामक मजदुरले बाटो छेकेपछि प्रहरीले घेरा हालेको छ ।
सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैया“ तोकेको छ । तर, श्रमिकले अहिले दिनको २ सय ७८ रुपैया“ मात्र पाइरहेका छन् । कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपैया“ तोकिएको छ । तर, त्यो पनि कार्यान्वयन भएको छैन । उनीहरुले सरकारले तोकेको पारिश्रमिक पाउनु पर्ने माग गर्दै आएका छन् ।


