Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलाम उद्योग वाणिज्य संघमा प्रगतिशिल र प्रजातान्त्रिक समुहको भिडन्त

इलाम उद्योग वाणिज्य संघमा प्रगतिशिल र प्रजातान्त्रिक समुहको भिडन्त

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख २४ २०७६


इलाम उद्योग वाणिज्य संघमा प्रगतिशिल र प्रजातान्त्रिक समुहको भिडन्त

इलाम । इलाम उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि इलामका ब्यवसायीहरूको हकहितको संरक्षण र ब्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित दुई समुहको भिडन्त हुदैँछ । प्रजातान्त्रिक समुहबाट ईश्वर चिपालुको अध्यक्षतामा १६ सदस्यीय ब्यवसायिक समूहको घोषणा भएको छ भने देबेन्द्र शंकरको नेतृत्वको प्रगतिशिल उमेद्वारको समुह सार्वजनीक भएको हो । दूई समुहको भाग्यको फैसला बैशाख २८ गते हुने संघको अधिवेशनबाट हुनेछ । कृषि, उद्योग धन्दा, पर्यटन जस्ता ब्यवसायबाट आगामी दिनमा इलामको विकासमा मुख्य भूमिका निभाउने समेत उद्धेश्य रहेकाे बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष रहेका अध्यक्षका उम्मेद्वार चिपालुले बताएका छन् ।
चिपालुको नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा बिब्ल्याँटेका ब्यवसायी कृष्ण पौडेल, प्रथम उपाध्यक्षमा इलाम बजारका दीपेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा चुरेघाँटीका मदन श्रेष्ठ, महिला उपाध्यक्षमा अनुजा सुबेदी, महासचिवमा निर्माण ब्यवसायी  हेमन्त गौतम, सचिवमा श्रीबहादुर विष्ट र कोषाध्यक्षमा सन्तोष भक्तराजले रहेका छन् । त्यस्तै सदस्यहरूमा कर्णबहादुर साम्पाङ, देवी पौडेल, सुमन सुबेदी, बालकुमार श्रेष्ठ, सुमन दास, खिना बस्नेत, देवी निरौला र दिपा गुरुङले रहेका छन् ।
सबै उम्मेद्वारहरू ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गरिरहेका र आगामी दिनमा उनीहरूबाट ब्यवसायी र इलामको ब्यापार ब्यवसायकै विकासमा काम गर्ने भएकाले अधिवेशनमार्फत  संघका सम्पूर्ण सदस्यहरूको साथ पाउने चिपालुको बिश्वास छ । इलाम उद्योग वाणिज्य संघअन्तर्गतका एक हजार एकसय ६४, माई नगरपालिका शाखाअन्तर्गतका ७० र देऊमाई नगर शाखाअन्तर्गतका ५९ जनासहित सदस्यहरू रहेको संघको अधिवेशनका लागि प्रगतिशित समुहबाट सुनचाँदी ब्यवसायी देवेन्द्र शंकरले अध्यक्षमा उम्मेदवारी दिने घोषणा भएको छ ।
बर्तमान कार्यसमिति कोषाध्यक्ष रहेका शंकरको नेतृत्वमा प्रगतिशित समुह घोषणा भएको हो । शंकर समुहको बरिष्ठ उपाध्यक्षमा माई नगरपालिकाका व्यवसायी भक्त बहादूर लुङ्गेली, बाणिज्य उपाध्यक्षमा भगिरथ कट्टेल, उद्योग उपाध्यक्षमा प्रविण श्रेष्ठ, महासचिवमा प्रकाश चापागाई, सचिवमा केशव खनाल, कोषाध्यक्षमा दिब्या भट्टराई रहेका छन् । इलाम उद्योग वाणिज्य संघको आगामी बैशाख २८ गते हुन गइरहेको आठौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि प्रगतिशील ब्यवसायीहरूको तर्फ मङ्गलबार उम्मेदवार सार्वजनिक गरिएको छ ।
त्यस्तै खुल्ला सदस्यहरूमा रेशम बराईली, लालबहादुर लिम्बू, नेत्रप्रसाद पोख्रेल, ठाकुरप्रसाद कट्टेल र चन्द्रबहादुर निरौला तथा महिला सदस्यहरूमा कौशिला राई, गंगा उप्रेती र रमादेवी थापा पराजुली रहेका छन् ।
यो समूहले सबै उद्योगी ब्यवसायीहरूको ब्यवसायिक हितको पक्षमा निरन्तर क्रियाशील रहने जनाउँदै ४१ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ । आफ्नो समूहका सबै उम्मेदवार क्रियाशिल ब्यवसायी रहेको तथा यो समूहलाई संघका सबै सदस्यहरूको सहयोग रहने भएकोले नेतृत्वमा आउने अध्यक्षका उम्मेद्वार शङ्करले बताए । प्रजातान्त्रिक खेमाबाट उमेद्वार भएका चिपालुलाई संघका पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू, बर्तमान द्वितीय उपाध्यक्ष, महासचिवलगायतको समर्थन रहेको छ । चिपालुले ६ वर्षअघि द्वितीय उपाध्यक्षबाट संघको कार्यसमितिको पदाधिकारीको यात्रा थालेका हुन् ।
चिपालुले आफ्नो नेतृत्वमा साना ब्यवसायी समेतलाई ब्यावसायिक बनाउने, ब्यवसायिक हक हितका लागि काम गर्ने, उद्योग धन्दालाई प्रवद्र्धन गर्ने, इलामको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका निर्वाह गर्ने, कृषि स्वास्थ्य शिक्षा पर्यटनको विकासमा पहल गर्ने, नेपालमै सबैभन्दा बढी उत्पादन हुने अदुवासहित यहाँको दूग्ध, अलैँची, चिया जस्ता कृषि ब्यवसायको थप प्रवद्र्धनका काम गर्ने बताएका छन् । त्यस्तै ब्यवसायिक मुद्दा, करसम्बन्धी समस्या, समृद्ध इलामको नारा, जिल्लाभरका ब्यवसायीको ब्यवसायिक दक्षता, नापतौलसम्बन्धी मुद्दा, उद्योग ब्यसायमा चर्को बैङ्क ब्याज स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार अन्य सरोकारवाला निकाय तथा निजीक्षेत्रसँग समेत सहकार्य गरि समाधान गर्ने र ब्यवसायी तथा इलामेलीका हितअनुकुल काम गर्न आपूm लागि पर्ने चिपालुले बताएका छन् । इलाम उद्योग वाणिज्य संघमा संस्थापक अध्यक्ष कुबेरप्रसाद वैद्यसहित हालसम्म सात जनाले नेतृत्व गरिसकेका छन् । वैद्यपछि भगवतीदास श्रेष्ठ, पूर्णलाल श्रेष्ठ, हिमालय कर्माचार्य, भीष्म वैद्य, शुशिला सापकोटा पूर्व अध्यक्ष हुन् भने बर्तमान कार्यसमितिमा आनन्द कट्टेल अध्यक्ष छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार