Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

हिमालि बस्तिमा आधुनिक टिनका छहारि भन्दा चित्रानै बलियो

हिमालि बस्तिमा आधुनिक टिनका छहारि भन्दा चित्रानै बलियो

  • सन्देश सम्बाददाता
  • शुक्रबार, बैशाख २० २०७६


हिमालि बस्तिमा आधुनिक टिनका छहारि भन्दा चित्रानै बलियो

इलाम  । पूर्वी नेपालका लेकाली बस्तिका छाना टल्किने टिन भन्दा चित्राकै छहारीले सजिएका हुन्छन् । आयश्रोत कम हुने परिवार देखि सम्पन्न परिवारसम्मका चर्पि, मचान, गोठसँगै घरपनि चित्राले नै सजिने गरेका छन् ।
स्थानीय कालिगढले बनाइएको चित्रालाई घरको बेरादेखि सिलिङसँगै घामपानी छेक्न छानोमा पनि प्रयोग गरिन्छ । लेकाली क्षेत्रमा टिनको छहारी लगाउँदा चाँडै खिया लाग्ने भएकाले चित्राले सजिने गरेका हुन् । हिउँ, हुस्से, असिना र तुसारो बाक्लो पर्ने लेकमा तातोका लागि दिनभर आगो बाल्दा टिनमा खिना लाग्छ भने चित्रा झनै बलियो हुने गरेका देउमाई नगरपालिकाका १ कुइभिरका तेन्जि सेर्पाले बताउनुभयो । प्राकृतिक हावापानी अनुसार लेकमा चित्रा लगाउँदानै सरल र टिकाउ हुने सेर्पाको भनाइ छ । सेर्पाले भन्नुभयो—‘तीन वर्ष अघि टिन लगाएको खिया लाग्न थालिसक्यो तर भान्साघरमा २० वर्ष अघि लगाएको चित्रा यस वर्षमात्रै फरेको छु ।
चित्रा बनाउन हातमा सिप भए पुग्छ । गाउँमै पाइने  मालिङ्गो, निगालोमध्ये एकलाई काटेर मुग्राले कुटेर चिम बनाएर चित्रा बुन्ने चलन छ । बुनिएको एक चित्रा बिच्छ्याएर प्लाष्टिक ओच्छ्याइ अर्को खप्ट्याएर प्रयोग गरिन्छ । बिचमा राम्रो खालको प्लाष्टिक लगाएपछि पानी चुहिँदैन कुहिरो, असीना, हिउँ पर्दा पनि मक्किएर जाँदैन ।
छानोमा लगाएका चित्रा ७ वर्षदेखि २० वर्षसम्म खप्छ भने बेरा र सिलिङ्गको ५० वर्षसम्म खप्छ । आगो बालेको धुवाँको रापले टिनलाई खिया लाग्न सघाउ पुग्ने गरेपनि चित्रा झनै बलियो हुन्छ । टिन लगाउन खर्च बढी हुने र कम खप्ने भएकाले लेकाली बस्ति चित्राले सजिने गरेका हुन् । हिमाली क्षेत्रमा घर तातो बनाउन २४ सै घण्टा आगो बालिने भएकाले त्यसको असरले टिन खिया लाग्ने समस्या पर्ने गरेको छ ।
टिनलाई असीना र हिउँले असर गर्छ भने हिमाली क्षेत्रमा हावा प्राय चल्ने र काठमा टिन अड्याउन ठोकेको काँटिबाटै पानी चुहने समस्याले गर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा स्थानीय चित्राकै प्रयोग हुँदै आएको इलामको जौबारीका दावानर्बु सेर्पाले बताउनुभयो ।
सुमुन्द्र सतहदेखि २ हजार मिटरदेखि माथिका बस्ति चित्राले सजिने गरेका छन् । चित्रा बनाउन प्रयोग गरिने कच्चापदार्थ भने पछिल्लो समय मासिँदै गएको स्थानीय बताउँछन् । मालिङ्गो र निगालोको पात गाइबस्तुको आहाराका लागि पनि प्रयोग हुनाले मासिँदै गएकाले संरक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ । लेकाली क्षेत्रमा बढी पशुपालन गरिँदै आएकाले गाईबस्तुको गोठदेखि घरसम्म चित्राकै प्रयोग गरिँदै आएको छ । चित्रा बनाउने मालिङ्गो र निगालो लोपउन्मुख बन्यजन्तु रेडपाण्डाको आहार समेत हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार