Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गाउँमै सीप लिँदै इलामको ग्रामीण क्षेत्रका युवायुवति

गाउँमै सीप लिँदै इलामको ग्रामीण क्षेत्रका युवायुवति

  • गंगा पराजुली
  • बिहिबार, बैशाख १९ २०७६


गाउँमै सीप लिँदै इलामको ग्रामीण क्षेत्रका युवायुवति

इलाम । इलामको ग्रामीण क्षेत्रका युवायुवती सीप लिएर स्वरोजगार हुन थालेका छन् । घरेलु तथा साना उद्योग विकास समितिले ग्रामीण क्षेत्रमै सीपमुलक तालिम दिन थालेपछि युवायुवती स्वरोजगार बन्दै गएका हुन् । स्थानीय कच्चापदार्थको आधारमा सीमपमुलक तालिम प्रदान गर्ने उद्योग विकास समतिले इलामको देउममाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा चार वटा सीपमुलक तालिम सम्पन्न भएका छन् ।
घरेलु तथा साना उद्योग विकास समितले चालु आर्थिक वर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार देउमाई नगरपालिकामा मोटरसाइकल मर्मत र फाकफोकथुम गाउँपालिकामा मौरी पालन, मह प्रशोधन तथा घार निर्माण, हाउस वाइरिङ्ग र आधारभुत कम्प्युटर तालिमको समापन भएको हो ।

उद्यमी सिर्जना तथा रोजगार सीप विकास र क्षमता अभिवृद्धि तालिम कार्यत्रम अन्तरगत देउमाई नगरपालिकाको मंगरबारेमा ३ महिने मोटरसाइकल मर्मत तालिम समापन भएको उद्योग विकास समितिका कार्यक्रम संयोजक खड्ग बस्नेतले बताए । मोटरसाइकल मर्मत तालिममा १२ जना युवाहरुकले सीप लिएका थिए । घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गोविन्दकृष्ण प्रधानको अध्यक्षता र देउमाई नगरपालिकाका प्रमुख सुर्य पोखरलेलको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका खड्ग बस्नेतले कार्यालयको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराएका थिए । मोटरसाइकल मर्मत तालिमका प्रशिक्षक गोपाल पराजुली, देउमाई नगरपालिका नगरपालिका ४ वडाध्यक्ष राजेन्द्र बास्तोलाले तालिममा लिएको सिप प्रयोग गरि व्यवसाय दर्ता गरेमा वडाकार्यपालिकाको तर्फबाट सहयोग गर्ने बताए । यसैगरि इलामकै फाकफोकथुम गाउँपालिको केन्द्र रहेको आमचोकमा १८ दिने मौरी पालन, महप्रशोधन र घार निर्माणको तालिम समापन गरिएको छ । मौरि पालन सम्बन्धि उद्योग संचालन गर्दै आएका लक्ष्मी दाहालले सहजिकरण गरेको तालिममा ४ जना महिला र ८ जना पुरुष गरि जम्मा १२ जना सहभागि रहेका थिए ।

तालिमको मंगलबार फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष सरस्वति राई, प्रमुख प्रशासकिय अधिकृत जनार्दन कट्टेलले सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै फाकफोकथुम गाउँपालिका ७ स्थित एकतप्पामा ३ महिना आधारभुत कम्प्युटर तालिम समापन भएको छ । भगत सर्वजित सिप विकास कार्यक्रम अन्तरगत संचालित तालिममा ४ महिला सहित १० दलित समुदायका युवायुवतीको सहभागिता रहेको थियो । वडा नम्बर ७ का वडाध्यक्ष लोक बहादूर गोदारको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, सिंहदेवी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक डिकप्रसाद कटुवाल, वडा नम्बर ६ का वडाध्यक्ष डिक बहादूर थापालेसहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमको लाकमान तामाङले सहजिकरण गरेका थिए ।
यस्तै फाकफोकथुम गाउँपालिका ४ को फुयतप्पामा ३ महिना आधारभुत हाउस वाइरिङ्ग तालिम सम्पन्न भएको छ । युवा उद्यमसिलता तथा औद्योगिक जनशक्ति सिप विकास र क्षमता अभिवृद्धि तालिम कार्यक्रम अन्तरगत गरिएको तालिममा १२ जनाको सहभागिता रहेको थियो । मोहन सिवाकोर्टीले सहजिकरण गरेको तालिमको समापन धरापाना सहकारी संस्थाका अध्यक्ष गणेश रेग्मिको अध्यक्षता र प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, घरेलु वडा नम्बर ४ का अध्यक्ष हरिप्रसाद दंगालिले सहभागिलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार