काँकडभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकपको तेश्रो क्वाटरफाइनलमा खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले पाहुना टोली भुटानको पारो फुटबल क्लबसंग प्रतिस्पर्धा गर्दैछ । काँकडभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगितामा दुवै टोली जितका साथ सेमीफाइनल पुग्ने लक्ष्यमा हुनेछन । यि २ टोली पहिलो पटक भिडन लागेका हुन । जारी सिजनमा नेपालको घरेलु फुटबलमा पाराको दोश्रो सहभागीता हो ।
यसअघि सर्लाहीमा सम्पन्न तेश्रो राजर्षी जनक कपमा १० खेलाडीमा सिमित झापालाई ३–० ले हराउँदै सेमीफाइनलसम्म पुगेको पारोलाई आयोजक वागमती युथ क्लबले ३–२ गोल अन्तरले हराएको थियो । भुटान राष्ट्रिय लिगको उपबिजेता टोलीले गत फेव्रुअरीमा भुटानमा सम्पन्न जिग्मे दोर्जे गोल्डकपको सेमीफाइनलमा विभागीय टिम त्रिभुवन आमी र फाइलनमा रुस्लान थ्रीस्टारलाई समान १–० ले पराजित गर्दै उपाधी जितेको थियो । यता सिजन हालसम्मको सर्वाधिक राशीको खप्तड गोल्डकप जितेको पुलिसले गत साता आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक प्राप्त गर्न सफल बनेको थियो ।