Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाली चिया खेतीको बहस गर्दै इलाममा २३ औँ चिया दिवस जारि

नेपाली चिया खेतीको बहस गर्दै इलाममा २३ औँ चिया दिवस जारि

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख १६ २०७६


नेपाली चिया खेतीको बहस गर्दै इलाममा २३ औँ चिया दिवस जारि

इलाम । चिया क्षेत्रमा काम गर्ने मजदूरको आन्दोलनका बिच सरकारले २३ औँ चिया दिवस इलामको सूर्योदय नगरपालिकामा मनाएको छ । चिया तथा कफि विकास बोर्डको मुख्य आयोजना र सूर्योदय नगरपालिकाको सह आयोजनामा इलामबाट प्रतिनिधित्व गर्ने प्रदेश सासंद, उद्योगी, किसान र तेस्रो देशका चिया खरिदकर्ताको उपस्थितमा दिवस मनाइएको हो ।
इलामको सूर्योदय नगरपालिका ९ स्थित चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना परिसरमा आयोजित चिया दिवस कार्याक्रममा सहभागिहरुले नेपाली चिया क्षेत्रको विकासका लागि सरकारले अक्सन मार्केट र चिया अध्ययन केन्द्र स्थापनामा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा इलामका प्रदेश सासंद राम राना, धिरेन्द्र सर्मा, काजिमान कागते र खिनु लङवा लिम्बुले पहिलो पटक खेती शुरु भएको इलाम चियाको राजधानी रहेकाले यहाँ समस्या समाधानका लागि प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए । चिया तथा कफि विकास बोर्डका निर्देशक दिपक खनालको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा बोन्दै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईले चिया क्षेत्रमा मजदूर, निर्यात, टिपाई र प्रशोधन लगायत धेरै समस्या रहेकाले प्रदेश र संघीय सरकारले समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
मजदूर भन्छन् : हामीलाइै भोकै राखेर मनाइने दिवशको कुनै औचित्य छैन
१ महिनाबाट आन्दोलीत भएका चिया मजदुरले चिया दिवसको अवसरमा आफ्ना माग पुरा गराउन दबाबमुलक बिरोध सभा गरेका छन् । इलामको कन्याम चिया बगानमा भेला भएका मजदुरले सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पुगेर कोणसभा गरेका थिए । सभालाई सम्बोधन गदै अखिल नेपाल ट्रेड यूनियन महासँघका जिल्ला अध्यक्ष उमेश रेग्मी, उपाध्यक्ष बिण्णु भटराई ,नेपाल चिया बगान श्रमिक सघँका इकाइ कमिटी अध्यक्ष मेघानाथ निरोलाले सम्बोधन गरेका थिए । मजदूरले नेताले चिया मजदुरलाई भोकै राखेर चिया दिवशको औचित्य नभएको बताएका थिए । चिया मजुदुरको न्यूनतम ज्याला ३८५ लागु गर ,योगदानमा आधारीत सामाजीक सुरक्षा लागु गर ,श्रम एैन २०७४ लागु गर जस्ता आफ्रना माग राख्दै सभालाइ सम्बोधन गरेका थिए ।


१५० बढीको मजदुर उपस्थिती सभामा नेपाल चिया बगान श्रमिक सघँका जिल्ला उपाध्यक्ष अम्बर निरौलाको जिफन्डका जिल्ला अध्यक्ष रमेश खड्रका पनि सम्बोधन गरेका थिए । श्रम शोषणविरुद्ध विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका पूर्वका चिया मजदुरले झापामा चिया उद्योगीको पुतला दहन गरेका थिए । आन्दोलनमा उत्रिएका चिया मजदुरले पूर्व ९ पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडस्थित मुक्ति चोकमा आइतबार उद्योगीको पुतला दहन गरेका थिए ।
सरकारले राजपत्रमै प्रकाशित गरी चिया मजदुरलको न्यूनतम ज्याला तोके पनि चिया उद्योगीले सो अनुसारको ज्याला नदिएपछि पूर्वका चिया मजदुर चिया मजदुर चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।


श्रम ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचार लगायतको व्यवस्था छ । एक वर्ष काम गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तिमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलबवृद्धि पाउने ऐनमा उल्लेख छ । आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार चाडपर्व मनाउन श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ ।
श्रम नियमावलीले सञ्चय कोष, उपदान, बिदा सुविधा, नियुक्तिपत्र, स्थायी, करार लगायतको व्यवस्था छ । झापामा मात्र २८ वटा सिटिसी चिया उद्योगमा मजदुर कार्यरत रहेका छन् । उनीहरूले दैनिक ८ घण्टा काम गरे पनि दैनिक २७८ रुपैयाँ मात्र ज्याला पाइरहेका छन् । सरकारले तोकेको ज्याला पाउनु पर्ने भन्दै चिया मजदुरले चैत १७ गतेदेखि अनिश्चितकालीन चिया उद्योगहरू बन्द गरी आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार