Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

देउमाई गोल्डकप : रेडस्टार झापा सेमीफाइनल प्रवेश

देउमाई गोल्डकप : रेडस्टार झापा सेमीफाइनल प्रवेश

  • टिका खतिवडा
  • आइतबार, बैशाख ८ २०७६


देउमाई गोल्डकप : रेडस्टार झापा सेमीफाइनल प्रवेश

देउमाई : रेडस्टार फूटवल क्वल झापा इलामको मंगलबारेमा जारी चौथो देउमाई गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । शनिवार भएको उद्घाटन खेलमा आयोजक त्रिवेणी युथ क्लव मंगलबारेलाई २–१ गोल अनतरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । रेडस्टारको जितमा विकास थुलुङ र पुजन उपरकोटीले गोल गरे ।यता आयोजकका तर्फबाट मनिस राईले सान्तवना गोल फर्काए । खेलको म्यान अफ म्याच आयोजक का विशाल तामाङ घोषित भए । आज मुनाल क्लव चन्द्रगडी झापा र सुनसरी फूटवल क्लवविच हुनेछ । प्रतियोगितामा भारतका एक सहित नेपालका आठ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद २ लाख २२ हजार २ सय २२ रुपैया तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन । आगामी बैशाख १४ गते सम्म संचालन हुने खेलको संविधानसभामा पुर्वसभामुख सुवासचन्द्र नेम्वाङले उद्धघाटन गरेका थिए

प्रतिक्रिया
सम्बन्धित समाचार