Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अन्तुमा एक नम्बर प्रदेशभरका पत्रकारहरुको भेला , पुर्व प्रधानमन्त्री खनालले उद्घाटन गर्दै

अन्तुमा एक नम्बर प्रदेशभरका पत्रकारहरुको भेला , पुर्व प्रधानमन्त्री खनालले उद्घाटन गर्दै

  • नमीन ढकाल
  • शनिबार, बैशाख ७ २०७६


अन्तुमा एक नम्बर प्रदेशभरका पत्रकारहरुको भेला , पुर्व प्रधानमन्त्री खनालले उद्घाटन गर्दै

अन्तु । नेपाल पत्रकार महासंघ प्रदेश नंम्बर एकको प्रथम साधारणसभा इलामको पर्यटकीय क्षेत्र अन्तुमा शुरु हुदैछ । सूर्योदय नगरपालिका ४ स्थित अन्तु पर्यटकीय क्षेत्रमा हुने कार्यक्रमको इलाम क्षेत्र नम्बर संघीय सासंद तथा पुर्व प्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता झलनाथ खनालले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
साधारणसभामा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आर्चाय, केन्द्रिय महासचिव रमेश विष्ट केन्द्रिय सदस्य उद्धव तिमसिना, सटेन्द्र जबेगु लगायत केन्द्रिय पदाधिकारीको पनि आतिथ्यता हुनेछ ।
साधारणसभामा प्रदेश र जिल्लाका प्रतिनिधी एवम पर्यवेक्षकहरु लगायत २ सय बढी उपस्थिती रहेको प्रदेश अध्यक्ष बिक्रम लुइटेलले बताए । कार्यक्रममा सहभागी हुन सवै जिल्लाका पत्रकारहरु हिजै अन्तु आइपुगेका छन् । मुलुक संघियतामा प्रवेश गरेपछि नेपाल पत्रकार महासंघको प्रदेश कमिटी गठन भएको थियो । सोही अनुसार प्रदेश नम्बर एकले पहिलो साधारणसभा अन्तु पर्यटकीय क्षेत्रमा आयोजना गरेको महासचिव विवेक गौतमले बताए ।
पुर्वी नेपालका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै पत्रकारीताको विकास र क्षमता अभिवृद्धिमा ध्यान दिने उदेश्यले यसअघि नेपाल पत्रकार महासंघ प्रदेश समितिले गत साउनमा सुर्योदय नगरपालिकाको पशुपतीनगरमा बैठक गरेको थियो । आइतबार बिहान सकिने प्रदेश साधारणसभामा नेपाल पत्रकार माहासंघ इलाम शाखाले स्थानीयस्तरमा समन्वय गरिरहेको शाखा उपाध्यक्ष सुजन तिमसिनाले बताए । साधारणसभामा प्रदेश सासंद इलामका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायीको उपस्थिति रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार