फिक्कल । सुर्योदय नगरपालिका–८ मालुममा रहेको मंगलज्योती सेवा प्रतिष्ठानको जेष्ठ नागरिकहरु माझ ३ जनाले जन्मदिन मनाउनुभएको छ ।

धरान उपमहानगरपालिका घर भई हाल हङकङ बस्दै आउनुभएकी निशा बस्नेत धमला, युगल श्रेष्ठ र देवि लिम्बुले प्रतिष्ठानलाई नगद ४० हजार सहयोग गर्दै जन्मदिन मनाउनुभएको हो ।

सहयोग रकम प्रतिष्ठानका अध्यक्ष देवी प्रसाद उप्रेतीलाई हस्तान्तरण गरिएको थियो । अध्यक्ष उप्रेतीले सहयोगदाताहरुलाई दोसल्ला जन्मदिनको शुभकामना सहित आजिवन सदस्यता प्रदान गर्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष बालकुमार फागो, सचिव प्रेमसागर भट्टराई, कार्यसमिती सदस्य प्रविन तिम्सिनाले सहयोगी मनहरुलाई शुभकामना व्यक्त गर्नुभएको जनाइएको छ ।