इलाम । संखुवासभाको सदरमुकाम चैनपुरमा प्रदेश नं १ स्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको आजको खेलमा सुर्योदय नगरपालिका इलामले म्याङलुङ नगरपालिका तेह्रथुमको सामना गर्नेछ । चैनपुर नगरपालिकाको आयोजनामा गत चैत्र २३ गतेबाट सूरु भएको प्रतियोगिताको लागी आइतबार सुर्योदय नगरपालिकाको टोली खेलस्थल तर्फ गएको थियो । खेल केही समयपछि सुरु हुँदैछ । चैनपुर रङ्गशालामा जारी प्रतियोगितामा प्रदेश १ का १३ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको हिजोको खेलमा आयोजक चैनपुर नगरपालिका र उदयपुरको कटारी नगरपालिका बिजयी बन्दै सेमीफाइनल प्रवेश गरेका छन । चैनपुरले पाँचखप्पन नगरपालिकालाई ३–० र कटारीले खादबारी नगरपालिकालाई टाइव्रेकरमा ३–१ ले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेका हुन ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ र तृतीय हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार म्यान अफ द म्याच घोषित खेलाडीलाई प्रत्येक खेलमा ५ हजारका दरले पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ । खेल नकआउटका आधारमा खेलाइने भएको छ