Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

साताै अन्तराष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा

साताै अन्तराष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २१ २०७५


साताै अन्तराष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा

फिक्कल : खेलको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यका साथ भोलीबाट इलामको सुर्योदय नगरपालिका–४ को अन्तुमा हुने ७ औ अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला कराते संघ र फिक्कल डोजोको संयुक्त आयोजनामा हुने प्रतियोगिताको खेलस्थल र खेलाडी व्यवस्थापन लगायतका तयारी पुरा भएको आयोजक समितीले जनाएको छ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश र दुवईका टिमका खेलाडीहरु अन्तु आइपुगेको फिक्कल डोजोका अध्यक्ष प्रदिप नारायण सैजुले बताए । प्रतियोगितामा विभिन्न २५ विद्यामा ३ सय ५० बढी खेलाडीको सहभागीता रहने जानकारी गराएको हो । सुर्योदय नगरपालिका मुख्य प्रायोजक हुने प्रतियोगिता संचालन २ दिनसम्म हुने जिल्ला कराते संघका अध्यक्ष तथा अन्तराष्ट्रिय रेफ्री योगेश चाम्लिङ राईले जानकारी दिए । जिल्ला कराते संघका बार्षिक कार्यक्रम अनुसार अन्तराष्ट्रिय कराते प्रतियोगिता इलामका विभिन्न स्थानमा आयोजना गरिदै आएको छ ।
प्रतियोगिताको पहिलो हुने टोलीले नगद ३० हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने टोलीले २० हजार तथा सान्तवाना हुने २ टोलीले जनही १०÷१० हजार सहित शिल्ड प्राप्त गर्नेछन् । भने वेस्ट फाइद पुरुष र महिलाले जनही ५ हजार प्राप्त गर्नेछन । प्रतियोगिताको गत संस्करण सुर्योदय नगरपालिकाको फिक्कलमा सम्पन्न गरिएको थियो । खेलाडीहरुको क्षमता प्रर्दशनका साथै जिल्लाका पर्यटकिय क्षेत्र प्रर्वद्धनका लागी प्रतियोगिता आयोजना गरिदै आएको आयोजक समितीको भनाइ छ । प्रतियोगिताको समापनको दिन बरिष्ठ गायक कुवेर राई, लेखु विवश, रगुन गुरुङ लगायतले सांगितिक प्रस्तुती रहने अध्यक्ष चाम्लिङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार