Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामे श्रष्टा रगुनले ल्याए दोश्रो एल्बम ‘आफ्नोपन’

इलामे श्रष्टा रगुनले ल्याए दोश्रो एल्बम ‘आफ्नोपन’

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १७ २०७५


इलामे श्रष्टा रगुनले ल्याए दोश्रो एल्बम ‘आफ्नोपन’

इलाम ।इलामको सुर्योदय नगरपालिकामा क्षेत्रमा रहेर शिक्षणसंगै संगितलाई अगाडी बढाएका इलामे गायक रगुन गुरुङले दोश्रो एल्बम ‘आफ्नोपन’ बजारमा ल्याएका छन् । ४ वटा गित समेटिएको एल्बम निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन इलामको विस्तारित बैठकमा विमोचन गरिएको छ । ‘झुकाई आँखा प्रितिको भाखा’ बोलको शिर्ष गीतमा गुरुङ्गलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् । गीतको शब्द ख्यातीप्राप्त गीतकार विपिन किरण रहेको छ भने नारायण सुवेदीले संगीत दिएका छन । लोकापर्ण कार्यक्रममा गुरुङले यही गीत गाएका थिए । एल्बममा ‘दोषि नजर तिम्रो हो कि’ बोलको गीत समावेश छ । भीम क्षेत्रीको शब्द र कृष्णभक्त राईले संगीत गरेको यो गीतमा रगुनको एकल स्वरमा सझिएको छ ।
‘छेउमा आए बोलाए न त तिमी फर्किन्छौ’ एल्बमको तेस्रो गीत हो । गीतमा कुमार विवाहितको शब्द र नारायण सुवेदी आभाषको संगीत दिएका छन् । एल्बममा ‘अल्झियौ अड्कियौ यो मन भित्र किन’ बोलको गीत समावेश छ । भुवनराज ढुङ्गनाको शब्द र बृष प्रधानको संगीतमा रहेको यो गीत गुरुङ्गको पहिलो एल्बम प्रियतामा समेत समावेश थियो । प्रियतामा एल्बमको चर्चित गीत भएकाले नयाँ एल्बममा समेत समावेश गरेको गायक गुरुङ्गले बताए । सुर्योदय नगरपालिका–९ मा रहेको न्यु वल्र्ड अंग्रेजी वोडिङका संचालक समेत रहेका गुरुङ विद्यालय समयबाट व्यवस्थापन गर्दै संगित साधनामा लागेको बताउँछन ।
शिक्षणबाट कमाएको पैसा संगीतमा खर्च गरेर संगीत साधाना गरिरहेको उनलाई एल्बम विक्रीबाटै खर्च उठाइएला भन्ने आशा छैन । ‘एल्बम बेचेर खर्च उठ्दैन’–उनले भने–‘स्टेजमा गाउँदा त भाडा मात्रै चित्त बुझाउनु पर्छ ।’ संगित जिवनको अभिन्न अंग बताउने उनी भन्छन ‘स्कुले जीवनदेखि नै गाउँने सोख थियो, सोखले नै अर्को एल्बम पनि ल्याउन सके यसमा अग्रज सर्जकहरुको प्रेरणाले मलजल गरेको छ ।’
०६२ सालमा ‘अल्झियौ अड्कियौ यो मन भित्र किन, सम्झनाको तरेलीमा तिम्रो तस्बिर किन हौ किन’ बोलको गीत रेकर्ड गराएर औपचारिक रुपमा सांगितिक यात्रा शुरु गरेका गुरुङ्गले संगितको औपचारिक शिक्षा नलिएपनि गायकीकै कारण श्रोतमाझ छाप बनाउँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार