इलामको देउमाइमा साहित्य महोत्सव

इलाम । इलामको पश्चिमी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्थानीय अहिले नयाँ अभ्यासको तयारीमा जुटेका छन्। देशभरीका नेता, अभिनेता, साहित्यकार, पत्रकार भेला पारेर गाउँमै बहस गर्ने तयारीमा उनीहरु जुटेका हुन्।
पानीटार चिया बगान, गुफाथुम्की,नाँगीडाँडा, गजरमुखी धाम, सिद्धिथुम्का,कुहिभीरलगायतका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नका लागि देउमाई साहित्य, पर्यटन महोत्सवको आयोजना गरेको आयोजक समाजका लागि युवा संस्थाका अध्यक्ष मोती गौतमले जानकारी दिए।
चैत्र २३ देखि दुई दिन देउमाईको नागीडाँडामा आयोजना हुने कार्यक्रममा देउमाई नगरपालिका, प्रदेश नम्बर १ सरकार र पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड र प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने अध्यक्ष गौतमले जानकारी दिए। इलाम घुम्ने पर्यटकले केही न केही सिर्जना गरेर फर्केका उदहारण छन्, अध्यक्ष गौतमले भने, यसले इलामलाई फेरि एक पटक देशभरी छर्ने छ।
कार्यक्रमको पहिलो दिन डा। अभि सुवेदीको प्रवचन, कुन्ता शर्मा र सीमा आभासको ुसार्वजनिक जीवनमा महिला कति सकस कति सुविधाु विषयमा बहस गर्नेछन्। थातथलो र परदेशु विषयमा एपीवान टेलिभिजनका टीकाराम यात्रीले लेखक, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलासँग बहस गर्नेछन्।
दोस्रो दिन युवा अवसर र नेतृत्वुका विषयमा नेकपाका सभासद् योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौड्यालसँग पत्रकार बसन्त बस्नेतले बहस गर्नेछन्। कविता कला कि नारा कवितामा स्थानीय भाषाको प्रभावु विषयमा कवि राज माङलाक, मुनाराज शेर्मा र प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिसँग अन्नपूर्ण पोस्ट् दैनिकका समीरबाबु कट्टेलले बहस गर्नेछन्।
कार्यक्रममा प्रदीप गिरीले २००७ सालपछिको नेपालको राजनीतिका विषयमा प्रवचन दिने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा पत्रकार नारायण वाग्ले, निर्देशक अभिनेता दयाहाङ राई र वरिष्ठ मूर्तिकार राजु पिठाकोटेले संघर्षका कथा सुनाउने छन्।
‘देउमाई किन घुम्ने ’ विषयमा प्रदेश सांसद् राम राना, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले भनाइ राख्ने छन् कार्यक्रममा कविता वाचनको समयसमेत छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...

इलाम । प्रदेश–१ स्तरीय छैटौँ मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट खोटाङका पत्रकार दमन राई पुरस्कृत भएका...

इलाम । किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले आदिवासीहरुको महान पर्वहरुलाई सरकारले राष्ट्रिय चाडको...

इलाम : इलाममा अपाङ्गता भएका दुईसय जना व्याक्तिलाई सहायक सामग्री वितरण गरीएको छ । इलाम...

माई : इलामकाे माई नगरपालिका–५ मा अपाङ्गता भएका ब्याक्तिहरुलाई परिचयपत्र वितरण गरिएको छ । खर्बनी...

इलामको माईजोगमाई गाउँपालिकाले स्थानिय सरकार प्रमुख एवम कार्यालयसँग सम्वन्धित रहेर तथ्यहिन समाचार सम्प्रेषण भएको भन्दै...

१६ मार्च २०१५ मा विश्व चर्चित पत्रिका द गार्जियनले एउटा समाचार छाप्यो शिर्षक थियो– ‘वर्ल्ड...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...