Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी

इलाम नगरपालिका विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १२ २०७५


इलाम नगरपालिका विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी

इलाम : इलाम नगरपालिका विरुद्ध उच्च अदालत विराटनगर इलाम इजालसले अन्तरिम आदेश जारी गरेको छ । इलाम नगरपालिका १२ मा रहेको साङरुम्बा माविका प्रधानअध्यापक मातृका प्रसाद विश्वकर्मालाई इलाम नगरपालिकाले निष्काशन गरे पछि उनले उच्च अदालतमा रिट निवेदन दिएका थिए । उच्च अदालको १० गतेको न्यायाधिश विरेन्द्र कुमार कर्णर न्यायाधिश तेज नारायण सिंह राईको संयुक्त इजालसले उत्प्रेषणयुक्त प्रतिषेद जारी गरेको हो ।
इलाम नगरपालिकाले गत फागुन २७ गते विश्वकर्मालाई प्रधानाध्यापकबाट निस्कासन गर्दै सोही विद्यालयका माध्यमिक तहका अस्थायी शिक्षक नेत्र तामाङलाई प्रधानाध्यापकमा नियुक्ति गरेको थियो । यस अघि देखि नै नगरपालिकाले विश्वकर्मालाई १ वर्ष अगाडि आर्थिक हिनामिना गरेको भन्दै विद्यालयको खाता रोक्का गर्ने साथै ८ महिनासम्म तलब समेत रोक्का गरेको थियो । नगरपालिकाले हाल तलव रोक्का फुकुवा गरे पनि विद्यालयको खाता भने फुकुवा गरेको छैन ।
विश्वकर्माले दिएको रिटको सुनुवाई गर्दै मुद्धाको किनारा नलागे सम्म नगरपालिकाले गरेको निर्णय कार्यन्वयन नराउनुु निवेदकलाई निमित्त प्रधानाध्यापकको रुप मा काम गर्न दिनु भनि नगरपालिकाको नामा अन्तरिम आदेश जारी गरेको हो । नगरपालिकाको यस्तो कार्यले गर्दा विद्यालयको पठनपाठन तथा अन्य दैनिक क्रियाकलापमा समेत धेरै असर परिरहेको विश्वकर्माले जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार