पशुपतिनगर । मेची राजमार्गको सडक क्षेत्राधिकारभित्रको साढे सात मिटमा पर्ने संरचनाहरु घरधनी आफैले भत्काउन थालेका छन् । सुर्योदय नगरपालिका र स्थानीय संर्घष समितीबिच चैत्र १५ सम्ममा सडक क्षेत्राधिकारका संरचना हटाउने सहमति भएपछि धरधनीले संरचना हटाउन थालेका हुन् । मेचीराजमार्गको पालटाङ्गे देखी भालुखोप क्षेत्रसम्ममा निर्माण भएका संरचनाहरु घरधनी आफैले हटाउन थालेको सूर्योदयन गरपालिकाका १० पुजन प्रधानले बताउनुभयो ।
नगरपालिका र स्थानीय सर्घष समितिबिच चैत्र १५ भित्रमा संरचना हटाउने र नहटाइएका क्षेत्रमा नगरपालिकाको अगुवाइमा भत्काउने लिखित सहमती गरिएको थियो । सडकको क्षेत्राधिकार कायम गर्दा विस्थापित हुने सुर्योदय नगरपालिका–१० का स्थानियबासिन्दाहरुको भौतिक सम्पतीको मुआव्जाको लागी नगरपालिकाले पहल गर्ने सहमति अनुसार स्थानीयले साढे सात मिटर क्षेत्रका संरचना धमाधम हटाउँदै आएका छन् ।
नगरपालिका क्षेत्रमा पर्ने मेची राजमार्गको क्षेत्राधिकार दायाँबायाँ साढे ७ मिटर कायम गर्नुपर्ने स्थानिय जनसमुदायको मागलाई कदर गर्दै बैकल्पिक मार्गको पहल गर्ने सहमति भएको सूर्योदय वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामाले बताउनुभयो । सडकको क्षेत्र कायम गर्दा विस्थापित हुने व्यवसायीहरुको हितका लागी नगर उद्योग वाणिज्य संघ र वडा नं १० का प्रतिनिधीहरुको छलफलले समस्या समाधान गर्नेपनि वडाध्यक्ष लामाले बताउनुभयो । विस्थापित हुने व्यवसायीहरुलाई पुनः स्थापित गर्नका लागी वाणिज्य संघसंग विभिन्न चरणमा छलफल गरेर निकास निकालिने र अहिले तथ्याङ्क संकलनको काम गरिरहेको सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताउनुभयो । सूर्योदय नगरपालिकाले गत बर्ष पुषबाट नै सडकको क्षेत्राधिकार कायम गराउने बिषयमा सुचना जारी गर्दै आएको थियो । तर स्थानियबासिन्दाको अवरोधका कारण पटक पटक सुचना बाहेक क्षेत्राधिकार कायम गराउने काम भने अगाडी बढ्न सकेको थिएन । यसअघि गत बर्ष सडक ऐन २०३१ ले तोके बमोजिम राजमार्गबिचबाट दाँयाबाँया १५ मिटर कायम गर्ने नगरपालिकाले सुचना जारी गरेपछि स्थानियले संर्घष समिती बनाएर नै विरोधको कार्यक्रमलाई अगाडी बढाएका थिए । नगरले पहिलो चरणमा गत बर्ष हर्कटे क्षेत्र देखी कन्यामसम्मको सडक क्षेत्राधिकार कायम गरेको थियो ।
दोश्रो चरणमा पालटाङ्गे देखी नगरको सिमाना रहेको भालुखोपसम्मको क्षेत्र विस्तार गर्न लाग्दा विरोध सुरु भएपछि नगरपालिका र स्थानीयबासीबिच फागुन १० गते आफै घर टहरा भत्काउने सहमति भएको थियो । १५ मिट सडक क्षेत्राधिकार कायम गर्ने सुचना जारीपछि स्थानियले विरोध गरेपछि नगरपालिकाले आफनो निर्णयलाई परिमार्जन गर्दै साढे ७ मिटर क्षेत्रको मात्रै संरचना हटाउने मौखिक सहमती गरेको थियो । मेचीराजमार्गको पालटागेदेखि भालुखोप सडक खण्ड क्षेत्रभित्र साढे सात मिटर सडक क्षेत्राधिकार कायम गर्दा २ सय घरहरु भत्किने सूर्योदय नगरपालिका १० का व्यवसायी प्रभाकर प्रधानले बताउनुभयो ।