इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आजको दोस्रो क्वटरफाइनल खेलामा हिमालयन शेर्पा र थ्रीस्टार क्लब भिड्दै छन् । माईभ्याली गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हिमालयन शेर्पा पहिलो चरणको खेलमा हङकङलाई ५–१ को फराकीलो गोल अन्तरले हराएर बलियो मनोबलका साथ मैदानमा उत्रिने दाउमा छ भने डिफेण्डीङ च्यम्पियन थ्रीस्टार पनि आफ्ना स्टार खेलाडीका साथमा मैदानमा उत्रनेछ । सहिद स्मारक लिगमा तेस्रो स्थान हासिल गरेको थ्रिस्टार र लिगमा सातौँ स्थानमा रहेको हिमालयन शेर्पा विचको खेल हेर्न लायक हुने अनुमान गरिएको छ । शहिद स्मारक ए डिभिजन लिगमा सातौ स्थानमा रहेको हिमालयन शेर्पा क्लबको सिजनको चौथो सहभागीता हो । दोश्रो विशाल मेमोरियल गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मीसंग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो । पोखरा कपमा अर्को विभागीय टिम एपिएफसंग २–१ ले पराजित बन्यो ।
भरखरै सम्पन्न आहारारा गोल्डकपको १७ औ संस्करणमा धरान फुटबल क्लबले हिमालयन शेर्पाको चुनौती १–० ले पन्छाएको थियो
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित प्रतियोगिता हो ।
झापा ११ को आरोप प्रति माईभ्याली फुटवल क्लव र जिल्ला फुटवल संघ इलामको आपत्ती
माईभ्याली गोल्डकपमा झापा ११ सहभागी हुन नपाएको बिषयमा बिभिन्न संचार माध्यममा आएका भ्रामक समाचारको माईभ्याली फुटवल क्लव र जिल्ला फुटवल संघ इलामले खण्डन गरेको छ । बुधबार संघ र क्लबले एक बिज्ञप्ती जारी गर्दै झापा ११ आफनै कारणले माईभ्याली गोल्डकपमा सहभागी हुन नपाएको जनाएको छ ।
झापाको रेडियो भिजनको अनलाईनमा एन्फाका केन्द्रिय सदस्य निरोज खड््गीका कारण झापा ११ माईभ्याली गोल्डकपमा सहभागी बन्न नपाएको भन्ने समाचारको खण्डन गरिएको छ । बिज्ञप्तीमा माईभ्याली फुटवल क्लवले खेलमा सहभागी बन्न कसैलाई नरोकीएको प्रष्ट पार्दै झापा ११ खेलमा सहभागी नबन्नुमा एन्फा केन्द्रिय सदस्य निरोज खड््गीको कुनै हात नरहेको जनाएको छ ।
जिल्ला फुटवल संघ इलामका महासचिव रजत खड््का र माईभ्याली फुटवल क्लब इलामका महासचिव दिनेश काफ््लेद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा झापा ११ ले एन्फा केन्द्रिय सदस्य खड््गीको म्यासेन्जरमा कन्फरमेसन लेटर पठाएको भन्नु नै आधिकारीक नरहेको जनाईएको छ ।
माईभ्याली फुटवल क्लवको इमेल ठेगाना हुँदा हुँदै खड््गीको म्यासेन्जरमा पत्र पठाएका छौ भन्नु नै झापा ११ को कमजोरी छ बिज्ञप्तीमा भनीएको छ । बिज्ञप्तीमा एन्फा केन्द्रिय सदस्य खड््गी माईभ्याली गोल्डकप संघ सम्बन्धीत नरहेको प्रस्ट पार्दै झापा ११ ले खड््गी माथि लगाएका आरोप भ्रामक र कपोल्कल्पीत भएको जनाएको छ ।
माईभ्यालीले आज भन्दा ४ महिना अगाडी नै खेलमा प्रवेशका लागि पत्राचार गरे पनि समयमा झापा ११ ले पत्राचार नगरेपछि अर्को टिमलाई सहभागीता गराएको जनाएको छ । झापा ११ का अध्यक्ष जलकुमार गुरुङलाई उधृत गर्दै झापाको भिजन एफएमको अनलाईनमा एन्फाको खेल राजनीतिक चक्कर , एन्फा केन्द्रिय सदस्य खड््गीका कारण झापा ११ सहभागी बन्न नपाएको , आयोजकले निषेध गरेको जस्ता आरोप लगाईएको थियो ।