Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश सरकारकाे आयोजनामा होमियोपेथिक उपचारमा आधारित नि : शुल्क स्वास्थ्य शिविर

प्रदेश सरकारकाे आयोजनामा होमियोपेथिक उपचारमा आधारित नि : शुल्क स्वास्थ्य शिविर

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन २८ २०७५


प्रदेश सरकारकाे  आयोजनामा होमियोपेथिक उपचारमा आधारित नि : शुल्क  स्वास्थ्य शिविर

माइजोगमाई।प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयले पहिलो पटक होमियोपेथिक उपचार पद्धतिको स्वास्थ्य शिविर आयोजना गरेको छ । इलामको माइजोगमाई गाउँपालिकाको नयाँबजारमा २ दिनसम्म आयोजना हुने शिविरको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले उद्घाटन गर्नुभएको थियो ।


सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको धनकुटाको र माईजोगमाई गाउँपालिकाको सह आयोजनामा ३० जना होमियोपोथिक डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

होमियोपेथिक, आयुर्वेदिक र होमियोपेथिक पद्धतिको उपचार एउटै भवनबाट प्रदान गर्ने योजना अनुसार स्वास्थ्य शिविरको आयोजना गरिएको प्रदेश एकको स्वास्थ्य निर्देशनालयका प्रमुख भोगेन्द्र डोटेलले बताउनुभयो ।


इलामको माईजोगमाई, सन्दकपुर र सूर्योदय नगरपालिकामा बासोबास गर्ने नागरिक सेवा लिइरहेको शिविरमा प्रदेश एकको विराटनगर, दमक, इटहरीका अस्पतालका २५ जना डाक्टरहरुले बिरामीको उपचार गरिरहनु भएको छ ।

स्वास्थ्य शिविरको उद्घाटन समारोहमा बोल्दै इलाम क्षेत्र नम्बर एककी प्रदेश सासंद खिनु लङ्वा लिम्बुले इलामको माईजोगमाई गाउँपालिका शिक्षा, स्वास्थ्य र विकासको तुलनामा पछाडि रहेकाले सामाजिक विकास मन्त्रलायको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर एकका स्वास्थ्य निर्देशनालयको धनकुटाका प्रमुख भोगेन्द्र डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा माईजोगमाई गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईले ग्रामीण क्षेत्रका जनतालाई सेवा दिन पहिलोपटक स्वास्थ्य शिविर आयोजना गरिदिएकोमा आभार प्रकट गर्नुभएको थियो । कार्यक्रममा माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार