Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मालुममा एक वडा एक बाह्र महिना चल्ने सडक निर्माण थालियो

मालुममा एक वडा एक बाह्र महिना चल्ने सडक निर्माण थालियो

  • विवेक घिमिरे
  • आइतबार, फाल्गुन १९ २०७५


मालुममा एक वडा एक बाह्र महिना चल्ने सडक निर्माण थालियो

फिक्कल । सुर्योदय नगरपालिका ८ मा एक वडा एक १२ महिने सडक निर्माण कार्य आजबाट सुभारम्भ गरिएको छ । कजेनी-मालुम-वडा कार्यालय हुँदै वडा नं ६ जोडने सडकको एक समारोहकाबिच नगर प्रमुख रणबहादुर राईले शुभारम्भ गरे । नगरपालिकाको ४५ लाख, उपभोक्ता समितीको ४ लाख ५० हजार र ६ लाख ७२ हजार ७७६ रुपैया लागत सहभागीता गरी कुल ५६ लाख २२ हजार ७७६ रुपैयामा सडक निर्माण थालिएको हो । उपभोक्ता समितीका अध्यक्ष खेमराज प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष सुवास राई, वडा सदस्य रमेश प्रधान, समाजसेवी होम बस्नेत, दिलिप श्रेष्ठ, जिवन नेपाल लगायतको आतिथ्यता रहेको थियो । फागुन ३ गते सम्झौता भइ आजबाट सुरु गरिएको सडक आगामी जेठ ३० गतेभित्रमा सम्पन्न गर्ने जनाइएकोछ । उपभोक्ता समितीले बाटो चौडा गर्ने, ग्राभेल, पक्की नाली र ह्युमपाइप विच्छयाउने कार्य गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार