इलाम । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको बताउनुभएको छ । वहाँले २ तिहाइ सरकारसँग जनताका अपेक्षा धेरै भएकाले सरकार गठन भएको पहिलो बर्ष जनअपेक्षा अनुसार काम नभएको बताउनुभएको हो ।

मुलुकमा राजतन्त्र अन्त्यपछि १० बर्ष लगाएर संविधान बनाउनुका साथै ३ तहको सरकार गठन भएको बताउँदै नेता खनालले संर्घषको युगपछि अब मुलुक विकासको युगमा प्रवेश गरेको बताउनुभयो । वहाँले देशलाई समृद्धीको दिशा तर्फ उन्मुख गराउँदै गरिबी समाप्त गर्न सरकार अगाडी बढेको र देशमा रोजगारीको अवसर सृजना गर्न बैदेशिक रोजगारमा पलायन घटाउनुपर्नेमा वहाँले जोड दिए ।

२ तिहाईको सरकारले पहिलो वर्ष मुलुकलाई आवश्यक ऐन कानुन बनाएर काम गर्ने बाटो बनाएकाले आगामि आर्थिक वर्षदेखि विकासमा चाँडै फड्को मार्ने खनालले बताउनुभयो । संघियताको नयाँ अभ्यास भएकाले पहिलो बर्ष ऐन, कानुन बनाउमा वितेको चर्चा गर्दै आगामी बर्षबाट सरकारको प्राथमिकता विकासको गतविधि रहेको वहाँले बताउनुभयो ।

पुर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कार्यदल भंग भएपनि सचिवालयले पार्टी एकताको काम सम्पन्न गर्ने बताउनुभएको छ । वहाँले कार्यलद विघटन भएको अवस्थामा केन्द्रिय सचिवालयले पार्टी एकिकरणको कार्यलाई घनिभुत रुपमा अगाडी बढाउदै चाडै नै निकास निस्काल्ने बताउनुभयो । केन्द्रमा एकता भएपनि तल्लो तहसम्म एकता हुन नसकेको भन्नुहुँदै नेता खनालले सचिवालयको नियमित रुपमा बैठक राखेर भएपनि कम्युनिष्ट एकताले सकारात्मक सन्देश दिने बताउनुभयो ।

इलाम क्षेत्र नम्बर एकका संघीय संसदमा निर्वाचित हुनभएका खनालले माई नगरपालिका स्थित नवदीवसीय विष्णु महापुरायण धनधान्याञ्चल लक्ष्मी महायज्ञको र समृद्धि माई कृषि सहकारी ईलामको उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रदेश सभाका संसद तथा नेकपाका केन्द्रिय सदस्य धिरेन शर्मा रवण, प्रदेश सासंद काजिमान कागते माई नगरपालिकाका प्रमुख दिपक थेवे, उपप्रमुख विष्णु माया आर्चायको उपस्थिति थियो ।