इलाम । आठौ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी कराते विद्यामा प्रदेश नं एक टिमबाट इलामका ३ जना खेलाडी छनौट भएका छन । विराटनगर कभर्ड हलमा गत फागुन ७ गतेबाट जारी प्रदेश स्तरिय छनौट प्रतियोगितामा इलामकी प्रिति बस्नेतले ५० केजी तौल समुहमा स्वर्ण पदक जित्दै ८ औ राष्ट्रिय खेलकुदमा प्रदेश टिमबाट स्थान सुरक्षित गरेकी छन । त्यसैगरी ८४ केजीमाथी भेषराज राई र ६७ केजी मुनी तौल समुहमा समिक्षा लेप्चाले रजत पदक जित्दै प्रदेश नं एकको टिमबाट नेपालगञ्जमा हुने प्रतियोगितामा आफनो सहभागीता सुनिश्चित गरेको लोकल सन्देशसंग कुरा गर्दै जिल्ला कराँते संघ इलामका अध्यक्ष एवम प्रशिक्षक योगेश चाम्लिङ राईले जानकारी दिए ।
प्रदेश स्तरिय छनौटमा इलामबाट सहभागी २१ जना मध्ये ८ जनाले पदक प्राप्त गरेका थिए । एकल काता सहभागी विमोचना गुरुङ, ८४ केजीमा दिपेश घिमिरे, ६० केजीमा सविन मगर, दिक्षा दियाली र ६७ केजीमा भक्तबहादुर दर्जीले कास्य पदक प्राप्त गरेका छन । कास्य प्राप्त गरेका उनीहरुले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउन पाउने छैनन् ।