कन्याम । दैनिक जसो हजारौ युवाहरु सुखद भविष्यको कल्पना गर्दै बैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा सुर्योदय नगरपालिकाका ३ जना युवाहरु भने बाख्रापालन व्यवसायमा नै रमाएका छन । ५ बर्ष बैदेशिक रोजगारपछि सुर्योदय नगरपालिका–६ का रोशन पोख्रेल, गोपाल पोख्रेल र भवानी पोख्रेलले संयुक्त रुपमा पशुपालनमा मार्फत भविष्य खोजी रहेका हुन । बिदेशमा हुदा गरेको संर्घषले हरुले मानिस लाई स्वदेशमा नै उत्पादन मूलक काम गरेर जीवनयापन गर्न अभिप्रेरित गरेको उहाहरणको रुपमा उनीहरुलाई लिने गरिएको छ ।
कन्यामको तल्लो तथा बेशीँ फाटमा पर्ने एकदमै न्यून जनसंख्या भएको साबिकको वडा न ं६ जहाँको भूमि निकै उर्वर र उत्पादन शील मानिन्छ । त्यसै ठाउँमा पोख्रेल दाजुभाइ हरुले शुरु गरेको सामुहिक बाख्रा फर्म यतिबेला सबैको आकर्षण र चर्चाको बिषय बन्न पुगेको छ । दक्ष प्राबिधिक को सल्लाह अनुसारको स्थानीय स्तरमा पाईने बाँसको प्रयोग गरि निर्माण गरिएको खोरमा विभिन्न जातजातिको को बाख्रा हरु पालन गरिएको छन भने तिनको हेरचाह र स्याहारसुसार मा पोख्रेल दाजुभाइ हरुको दिनचर्या बित्ने गरेको छ ।
५० रोपनी क्षेत्रफलको भएको जग्गा लिजमा लिई सामुहिक रुपमा बाख्रा फर्म संचालन गरेका पोख्रेल दाजुभाइ ले हाल ३ लाखको लागतमा उक्त फर्म संचालनमा ल्याएका हुन । निकट भबिष्यमै बाख्रा खोरलाई आधुनिकीकरण गर्दै लैजाने तथा २०० बाख्रा पु¥याउने लक्ष्यका साथ फर्म दर्ता गर्ने प्रकृयामा लागिरहेको फर्म संचालक रोसन पोख्रेलले बताए । यस सम्वन्धी ज्ञान,सीप हासिल गर्दै आफुहरु अब निरन्तर यसै ब्यावसायमा लागिरहने भन्दै पोख्रेलले नगर तथा वडामा रहेका जो कोहि उद्यमशील र मेहनेती युवाहरुले आफुहरुको काम बाट आफ्नै देशमा केही गर्ने प्रोत्साहन र प्रेरणा लिनेछन भन्नेमा आफु हरु आशावादी रहेको बताए ।