Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मुटु रोगी र क्यान्सर पिडितलाई माईजोगमाई गाउँपालिकाको सहयोग

मुटु रोगी र क्यान्सर पिडितलाई माईजोगमाई गाउँपालिकाको सहयोग

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन ८ २०७५


मुटु रोगी र क्यान्सर पिडितलाई माईजोगमाई गाउँपालिकाको सहयोग

माइजोगमाई ।  इलामको माइजोगमार्ई गाउँपालिकाले मुटुरोगी र क्यानसर पिडितलाई आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाले माइजोगमाई ४ नामसालिङ्गका मानवीर लिम्बू खापुङ र माइजोगमाई ५ सोयाङका पासाङ शेर्पालाई आइतबार २० हजारका दरले आर्थिक सहयोग गरेको हो ।

लिम्बू आमाशयमा क्यान्सर भई हाल भरतपूर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् भने शेर्पा लामो समय देखि मुटु रोगबाट पिडित भई उपचार गराई रहेका छन् ।

लिम्बू र शेर्पाको आर्थिक अवस्था कमजोर रहेकाले गाउँपालिकाको विपन्न आथिक साहयता कोषबाट आर्थिक सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार