Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अन्तराष्ट्रिय बजारमा छुर्पी निर्यात समस्याले इलामका डेरी उद्योग संकटमा

अन्तराष्ट्रिय बजारमा छुर्पी निर्यात समस्याले इलामका डेरी उद्योग संकटमा

  • ग‌गा पराजुली
  • मंगलबार, फाल्गुन ७ २०७५


अन्तराष्ट्रिय बजारमा छुर्पी निर्यात समस्याले इलामका डेरी उद्योग संकटमा

पशुपतिनगर ।  इलामका कृषक दुग्ध व्यवसायमा आफैं उद्यमी बनेपनि बजारको समस्याले उद्योगहरु संकटमा परेका छन् । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चलेपनि अहिले उद्योग संकटमा परेका हुन् । कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेपनि अहिले छुर्पीको बजार अनिश्चित भएको सूर्योदय ९ का उद्यमी दिनेश महतले बताए ।
युरोपमा छुर्पी निर्यात गर्ने विभिन्न कम्पनीले पूर्वी नेपालका उद्योगबाट छुर्पी संकलन गर्दै आएका छन् । पछिल्लो समय पश्चिमा मुलुकमा निर्यात हुने छुर्पी ५० प्रतिशतले कम भएको छ भने निर्यात गर्दै आएका कम्पनीले ५ महिनादेखि इलामका उद्यमीलाई पेमेन्ट नपठाउँदा किसानले उधारोमा उद्योगलाई दूध बिक्रि गर्दै आएका छन् । छुर्पी लगेपनि ५ महिनादेखि कम्पनीले पैसा नदिंदा उद्योग सञ्चालनमै समस्या भएको फिक्कल डेरी उद्योगका प्रोपाइटर दिनेश महतले बताए । महत भन्छन्–‘छुर्पी निर्यातमा कमि के कारण भन्ने प्रमाण नभएपनि नेपाल खोरेत मुक्त देश नहुँदा रोग सर्ने भन्दै निर्यात नभएको सुनिन्छ ।’


८ वर्षअघिदेखि युरोपमा कुकुरका आहारका लागि छुर्पि निर्यात भएपछि इलाममा छुर्पी उत्पादन गर्ने डेरी उद्योग फस्टाएका थिए । छुर्पी निर्यात नभएर उद्योगमा आर्थिक संकट आएपछि अहिलेसम्म इलाममा रहेका १० वटा डेरी उद्योग बन्द भएको व्यवसायी बताउँछन् । निर्यात कम हुनु र निर्यात कम्पनीले छुर्पि लगेपनि समयमा पेमेन्ट नदिँदा बाँकि उद्योगले पनि कम मात्र प्रशोधन गरिरहेका छन् । ‘ कम्पनीले छुर्पी उद्योगबाट लगेपनि ५ महिनासम्म दूधको भुक्तान नपाएपछि उद्योग चलाउनै समस्या रहेको छ, डेरी उद्योग सञ्चालक दिनेश महत भन्छन्, ‘मासिक १६ लाख रुपैयाँ कृषकलाई ऋण काढेर दिँदा उद्योगमा आर्थिक संकट परेको हो । महतले आफ्नो डेरी उद्योगमा दैनिक ४५ सय लिटरसम्म दूध प्रशोधन गर्ने गरेकोमा अहिले घटाएर एक हजार लिटर मात्रै प्रशोधन गर्दै आएका छन् ।
मनोर महिमालयन हेन्डिक्राफ्ट मार्फत इलामका उद्योगमा बनाइने छुर्पी युरोपका बजारमा जाने गरेको छ । तर, युरोपबाटै रकम ढिलो आउने गरेकाले समयमा भुक्तान गर्न नसकिएको कम्पनीले जानकारी गराउने गरेको महतको गुनासो छ ।

कुकुरको आहारका लागि बनाइने छुर्पीमा फ्याट र गुलियोपनि नहुने भएकाले स्थानीय बजारमा बिक्रि हुँदैन । स्थानीय बजारमा बिक्रि नहुने, कम्पनीले लगेपनि पेमेन्ट नगर्ने समस्याले ग्रामीण क्षेत्रमा रहेका थुप्रै डेरी उद्योगहरू बन्द भएको र बन्द हुने अवस्थामा पुगेको हिमालचुली डेरी सचालक रमेश तिम्सिनाले बताए । घरेलु तथा साना उद्योग विकास समिति इलामका अनुसार इलाममा ४ सय २१ डेरी र ललिपप उद्योग सञ्चालनमा रहेका छन् । यीबाहेक नगरपालिकाका र गाउँपालिकामा मात्रै दर्ता गरेर चलाउने उद्योग पनि धेरै छन् ।
अन्तराष्ट्रिय बजारको माग बढेपछि इलामको उत्तरी र पूर्वी गाउँमा किसानले आफैं डेरी उद्योग स्थापना गरि स्वरोजगार बन्दै आएका छन् । यी क्षेत्रमा एक वडामा २० वटासम्म डेरी उद्योग खुलेका छन् । स्थानीय बजार र सीमापारि भारतीय बजारमा बिक्री हुँदै आएको छुर्पी अमेरिकालागयत देश जान थालेपछि राम्रो मूल्य पाएपनि अहिले उद्योगमा आर्थिक संकट रहेको छ । ‘छुर्पिको मूल्य राम्रो पाएपनि डेरी सञ्चालकले महँगोमा दूध खरिद गरेपनि अहिले बजार समस्याले उद्योग संकटमा परेको  उद्यमी बताउँछन् ।
आन्तरिक बजारमा खपत कम हुने र अन्तराष्ट्रिय बजारमा निर्यात कम हुँदा उद्योगबाट छिटपुट मात्रै बिक्रि हुने घिउछुर्पीको आम्दानीले व्यवसाय चलाउन कठिन भएको हो । इलामबाट मासिक ५० हजार किलो छुर्पी बाहिर देश जाने गरेकोमा हाल १० हजार किलोको मात्रै जाने गरको छ । इलाममा वार्षिक ११ करोड ६० लाख लिटर दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये दुई करोड १९ लाख लिटर दूध दुग्ध विकास संस्थानले खरिद गर्दै आएको छ । बाँकी दूधको चीज, घ्यू, छुर्पी, ललीपप, कुराउनी उद्योगमा खपत हुने गरको छ । २०७२ को भूकम्पपछि काठमाडौं, पोखरालगायत क्षेत्रमा घिउ, छुर्पी र चिजको बिक्री नहुँदा मारमा परेका उद्यमी अहिले छुर्पी अन्तराष्ट्रिय बजारमा समस्याले उद्योगी मारमा परको घरेलु तथा साना उद्योग विकास समितिका नासु खड्ग बस्नेतले बताए ।

प्रमुख उद्योग अधिकृत भएपछि यस्ता व्यवसायी र सम्बद्ध कृषक मारमा परेका थिए । बीचमा त्यो अवस्थामा सुधार आए पनि फेरि समस्या देखिएको हो । बजारमा आएको समस्याले गर्दा उद्योगहरुले किसानलाई दूधको पेमेन्ट गर्न सकेका छैनन् भने कार्यरत मजदुरलाई नियमित पारिश्रमिक दिन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार