इलाम । ६९औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरको कार्यक्रम अनुसार आ–आफ्नो कार्यालय परिसर सरसफाई गरिएको छ । पहिलो दिनको कार्यक्रम अनुसार इलाम जिल्लामा रहेका सरकारी कर्यालयहरु सरसफाई गरिएको हो । बिहान ७ बजे आफ्नो कार्यालयमा संघसंस्था परिसरमा सरसफाई गरिएको जिल्ला समन्वय समिति इलाम प्रमुख गणेश बरालले बताउनुभयो ।
प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ठूलो टुँडिखेलमा भेला भई चोकबजार हुँदै जिसस भवनसम्म प्रभातफेरी गरी सभामा परिणत र प्रवचन कार्यक्रम रहेको छ । जिसस भवनमा निर्वाचन र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम गरिने भएको हो ।
प्रजातन्त्र दिवसको अवसरमा ७ गते दिउँशो जिल्ला समन्वय समितिको भवनमा प्रजातन्त्र विषयमा वक्तृत्वकला प्रतियोगिता साँझ ६ ३० बजे इलाम चोकबजारमा मैनबत्ती प्रज्वलन र दीपावली कार्यक्रम, फागुन ८ गते इलाम अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रम र साँझ इलाम नगरपालिका भरी दिपावली गर्ने कार्यक्रम रहेको छ ।