Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

असिनाबाट आलुखेतीमा क्षति

असिनाबाट आलुखेतीमा क्षति

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ६ २०७५


असिनाबाट आलुखेतीमा क्षति

इलाम ।  वर्षातसँगै परेको बाक्लो असिनाले इलामका आलु खेतीमा क्षति पुगेको छ । किसानले खेती गरेको आलुको बोट फुल्ने बेलामा असिना पानिले पात र बोटमा क्षति पुगेको हो । आलुको फल लाग्ने बेलामा बोटनै असिना पानीले बोट र पातमा क्षति पुगेपछि फल नलाग्ने भएकाले किसान चिन्तित भएका हुन् ।


इलामको देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिमा सनिवार साँझ बर्षातसँगै बाक्लो असिनापानी परेको थियो । फल लाग्ने बेलामा असिनापानीले आलुको पात र बोटमा पुरै क्षति पुगेको इलाम नगर कार्यपालिका सदस्य नुतन दुलालले बताए । आलु फुल्ने समयमा असिनाले पुरै क्षति गरेकाले फल लाग्न नसक्ने भएकाले समस्यामा परिएको सन्दकपुर गाउँपालिकाका किसान सुक्रराज राईले बताए । अहिले इलामको उच्च पहाडी क्षेत्रमा आलु खेती हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार