इलाम । निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याव्सन) इलामले जिल्लाबाट प्रतिनिधित्व गरी प्रदेश कार्य समितीमा निर्वाचित हुने अध्यक्ष र सदस्यलाई बधाई तथा सम्मान गरेको छ । इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी प्याव्सन इलामले प्रदेश अध्यक्ष युवराज बाशिष्ठ र सदस्य अनिल उपाध्यायलाई सम्मान गरेको हो । सम्मानित व्यक्तीत्व बाशिष्ठ पिसल्यान्ड नेशनल एकाडेमीका संस्थापक प्रिन्सिपल हुन भने उपाध्याय माउन्ट मेची अंग्रेजी विद्यालयका संस्थापक हुन ।
प्याव्सन इलामका अध्यक्ष विकास कर्मचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला शिक्षा इकाई इलामका प्रमुख होमनाथ भण्डारी लगायतको आतिथ्यता रहेको थियो । बरिष्ठ उपाध्यक्ष रगुन गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमका वक्ताहरुले निजी र सामुदायिक विद्यालयबिच रहेको शैक्षिक दुरी घटाउन आफनो तर्फबाट सकारात्मक भुमिका खेल्नेमा जोड दिए ।