इलाम । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य नेतृत्वको टोलीले इलामका स्थानीय तह र संचारमाध्यमसँग छलफल गरेको छ । टोलीले स्थानीय तहमा खुलेका संचारमाध्यमको अवस्था र स्थानीय सरकारले बनाएका संचार नितीका बारेमा छलफल गरेको हो ।
संचारमाध्यम र स्थानीय तहसँगको छलफलका क्रममा अध्यक्ष आचार्यले इलाम स्थानिय तहलाई मिडियामैत्री हुन आग्रह गरेका थिए । महासंघ अध्यक्ष आचार्यले स्थानिय सरकारले मिडिया क्षेत्रको विकासका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । उनले संचारमाध्यम सम्बन्धि तीनै तहको सरकारमा अधिकार रहेकाले संचारसंम्बन्धी कानुन बनाउँदा प्रेश स्वतन्त्रता मैत्री कानुन बनाउनुपर्नेमा जोड दिए । संघियतापछि ग्रामिण क्षेत्रमा समेत मिडियाहरु खुल्ने क्रम जारी रहेकाले स्थानिय सरकारले सवै मिडिया संरक्षणका लागी संचार सम्वन्धी ऐन बनाउँदा संचारकर्मीहरु संग समन्वय गर्नुपर्नेेमा उनको जोड थियो ।

महासंघ अध्यक्ष आर्चाय केन्द्रिय सचिव रामप्रसाद दाहाल केन्द्रिय सदस्य छेटु शेर्पा, नेपाल पत्रकार महासंघ इलाम उपाध्यक्ष सुजन तिमसिना, सदस्य नमीन ढकाल, पत्रकार दिनेश महत, प्रेम अधिकारीको टोलीले सुर्योदय नगरपालिकाको उपप्रमुख दुर्गादेवी भट्टराईसंग छलफल गरी नगरको संचार सम्वन्धी बनाएको ऐन र नितीको बारेमा जानकारी लिएको थियो । उपाध्यक्ष भट्टराईले सुर्योदयन नगरपालिकाले रेडियो संचालन सम्वन्धी बाहेक संचार सम्बन्धी अन्य ऐन नबनाएको बताइन् ।
उनले आवश्यकत अनुसार अन्य ऐन र कानुन निर्माण गर्दै जाने उल्लेख गरिन् । टोलीले रोङ गाँउपालिकामा समेत छलफल गरेको छ । छलफलका क्रममा गाँउपालिका अध्यक्ष शम्शेर राईले तत्काल संचार सम्बन्धी निती तथा ऐन नबनाइएको बताए । उनले हालको अवस्थामा संचारकर्मी र संचारमाध्यमसंगको समन्वयमा नै काम भइरहेको उल्लेख गरे । फिक्कलमा रहेको रेडियो बुद्धवाणी, फिक्कल एफएम र स्थानिय सन्देश साप्ताहिक र लोकल सन्देश डट कमको कार्यालयमा पुगि संचारमाध्यम संचालनका लागि आएका समस्याका बारेमा छलफल गरेको थियो । अनुगमन टोलीले मिडिया क्षेत्रले सवै पक्षका समाचारलाई प्राथमिकतामा राखेर समाज रुपान्तरणमा भुमिका खेल्न आग्रह गरे ।
उनले समाजका लुकेका पाटो उजार गर्ने संचारमाध्यमको भुमिका अपरिहार्य रहेकाले एक पक्षिय रुपमा मात्र समाचार सम्प्रेषण गर्न नहुने बताए ।