Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

संस्कृत बिद्यालयको बेहाल, संचालनका लागि अझै पहल भएन

संस्कृत बिद्यालयको बेहाल, संचालनका लागि अझै पहल भएन

  • गोपाल गिरी
  • शुक्रबार, फाल्गुन ३ २०७५


संस्कृत बिद्यालयको बेहाल, संचालनका लागि अझै पहल भएन

कन्याम । नेपालकै सुन्दर र रमणीय सुदुर पुर्बी जिल्लाको रुपमा रहेको छ ईलाम । तिनै प्राकृतिक सौन्दर्य हरु यहाँको विशिष्ट चिनारी को रुपमा रहेको छ । यसका अलावा कला,संस्कृति,भाषा र साहित्यमा पनि अब्बल रहेको छ यहाँको भूमि भाषा तथा साहित्य सेवी महानन्द सापकोटा, गणेशप्रसाद भट्टराई तथा डाक्टर ताना शर्मा जस्ता बिद्वत र बौद्धिक व्याक्तित्व हरुको जन्म स्थल पनि हो ईलाम ।
ईलाम जिल्ला अन्तर्गतको सुर्योदय नगरपालिका मापर्ने सबैको मन लोभ्याउने पर्यटकीय गन्तव्य कन्याम चिया बगानको काखैमा अवस्थित छ एउटा सुन्दर गाउँ गोगने । सबै जात जातिको साझा फूलबारी यस गाउँको बीचैैमा रहेको ढुङगे गारो र जस्ताको सहारामा ठडिएको पुरानो र जीर्ण बन्दै गएको एल आकारको दुई तले एक भवन ठिक यस्तै दयनीय दृश्य छ । विद्यालय हो जिल्ला कै नमूना गायत्री संस्कृत बेद बिद्यालय ।
२०४९ साल चैत महिना देखि गाउँकै समाजसेवी, बुद्धिजीवी, भाषाप्रेमी ,बिद्वत बर्ग पण्डित एवम् सरोकारवाला हरुको सकृयतामा तथा स्थानीय पण्डित लेखनाथ नेउपानेले एक रोपनी क्षेत्रफल बराबरको जमिन बिद्यालय को निर्माणको लागि दान दिए पश्चात संचालनमा आएको थियोे ।
शुरुआतमा २२ जना जना संस्कृतका बिद्यार्थी हरुलाई जम्मा गरि संस्कत भाषा र बेदका ऋचनाहरु पण्डित लेखनाथ नेउपाने र सोमनाथ अधिकारी ले अध्यापन गराइरहेका छन् । बेलुकी ७ बजे देखी ११ बजे सम्म चार घण्टा कक्षा संचालन हुने गरेको सोही बिद्यालयका पुर्व छात्र पुरोहित मित्रलाल खतिवडाले बताए । बिगतमा स्थानीय बासिन्दा हरुको सकृय सहयोग चन्दा संकलन, श्रमदानबाट स्थापना भएको संस्कृत बिद्यालय बन्द भई जीर्ण बन्दै गएको हो । बिद्यालय पुर्नस्थापनाका लागि अहोरात्र खटिएका अर्का शिक्षा प्रेमी अभिभावक मित्रलाल भट्टराईले विद्यालय संचालन गर्न कसैले सहयोग नगरेको गुनासो गरे । आफू बिद्यालय को अवस्था देखि चिन्तित भएको र सोही ठाउँ मा बिद्यालय पुनः स्थापना गरी संचालनमा ल्याउन लागि परेको भट्टराईले बताए।
स्थानीय तह, जिल्ला, प्रदेश तथा सरोकारवाला हरु मार्फत विद्यालय संचालनका लागि पहल हुनुपर्ने अभिभावकको भनाइ रहेको छ । उक्त संस्कृत बिद्यालय को यथार्थ जानकारी लिई सहयोग गर्न ईच्छुक सहयोगीहरु ब्याक्ति,संघ संस्था पनि नहुँदा बिद्यालय जिर्ण भएको हो । सबै सरोकारवाला भाषा तथा शिक्षा प्रेमीहरुको सहयोगमा बिद्यालय लाई पुनःस्थापन गरि संचालनमा ल्याउन सके संस्कृत शिक्षाको लागि टाढा गईरहनु नपर्ने स्थानीइ पदम खतिवडाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार