रोङः इलामको रोङ गाउँपालिका वडा नम्बर ३ मा हिजो देखि महिलाहरुका लागि १० दिने सिपमुलक तालिम शुरु भएको छ । गोपाल गौरी दिगो बिकास प्रतिष्ठान झापा शाखाको संयोजनमा महिलाहरुका लागि मोती माला बनाउने तालिम शुरु भएको हो । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शमसेर राईको प्रमुख आतिथ्यतामा शुरु भएको तालिममा गाउँपालिकाले छनौट गरेका २० जना महिलाको सहभागीता रहेको छ । तालिममा प्रतिष्ठानकी सुशिला न्यौपानेले प्रशिक्षण दिनेछिन
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले सिकेको सिप ब्यवसायमा परिवर्तन गर्न आग्रह गरे । अध्यक्ष राईले गाउँपालिकाले महिलाहरुका लागि धेरै कार्यक्रम संचालन गरेको बताउदै वडा मार्फत हुने यस्ता कार्यक्रमले महिलाको क्षमता अभिबृद्धि गर्ने मात्र नभई तालिम पछि महिलाहरु ब्यवसायिक बन्नु पर्ने बताए । उनले सिप सिकेर महिलाहरु उद्यमी बने उनीहरुको परिश्रम खेर नजाने बए । उद्यमीले रोङ गाउँपालिकामा उत्पादन गरेका बस्तु बिक्री गर्नका लागि चाडै जोरकलसमा स्टल शुरु गर्ने अध्यक्ष राईले जानकारी दिए । उनले लक्षित समुदायलाई राज्यको पहँचमा पुरयाउन आगामी आर्थिक बर्ष देखि छुट्टै बजेटको ब्यवस्था गरिने बताए । अध्यक्ष राईले जनताको आयस्तर नबढाई गाउँपालिकाले कुनै कर नबढाउने पनि प्रस्ट पारे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई बुढाथोकी, वडा नम्बर ३ का अध्यक्ष मातृका बराल, वडा नम्बर १ का अध्यक्ष बुद्धि बहादुर ढकाल , नेकपाकी नेत्री बिष्णुमाया खवास , कार्यक्रमकी अध्यक्ष इन्दिरा गौतम लगायतले मन्तव्य राखेका थिए