इटहरी । नेपाल पत्रकार महासंघ प्रदेश स्तरीय भेला सुनसरीको इटहरीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समिति र नेपाल पत्रकार महासघ सुरसरी शाखाको संयोजनमा प्रेश स्वतन्त्रता, प्रेशमैत्री कानुन, न्युनतम पारिश्रमिकको कार्यान्वयन र पत्रकार महासंघको प्रत्यक्ष निर्वाचन प्रणालिका बारेमा भेलामा छलफल गरिएको थियो ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका अध्यक्ष बिक्रम लुइटेलको अध्यक्षता र नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा केन्द्रिय सचिव रामप्रसाद दाहालले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पार्नुभएको थियो ।
प्रदेश नम्बर १ का १४ जिल्लाका महासंघका अध्यक्ष तथा पदाधिकारी सहभागि भेलामा केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले प्रेश स्वतन्त्रता सम्बन्धि मान्यता, नेपालको संविधान र कानुनी व्यवस्था एवम् प्रदेश र स्थानीय तहमा संचार संरचना निर्माण सम्बन्धि अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणा पत्र पस्तुत गर्दै केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले संचारमाध्यम सम्बन्धि अधिकार तीन तहका सरकारमा अधिकार दिएकाले संचारसंम्बन्धि कानुन बानउँदा प्रेश स्वतन्त्रता विरोधि कानुन बनाउन रोक्नुपर्ने बताउनुभयो ।
भेलामा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, उदयपुर अध्यक्ष अमर खड्का, मोरङ अध्यक्ष बन्धु पोखरेल, झापा अध्यक्ष तारामणि सापकोटा, इलाम उपाध्यक्ष सुजन तिमसिना, तेह्थुम अध्यक्ष नरेश ढुङ्गाना, ताप्लेजुङ्ग अध्यक्ष राजेन्द्र श्रेष्ठ, संखुवासभा अध्यक्ष इन्द्र श्रेष्ठ लगायतले पत्रकारीता क्षेत्रको समस्या र सुधारिनुपर्ने बिषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
भेलामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जबेगु, छोटु सेर्पा, अवधेसकुमार झा प्रदेश नम्बर १ का अध्यक्ष बिक्रिम लुइटेल, बरिष्ठ उपाध्यक्ष सोम सुसेली, महाचिव विवेक गौतम र प्रदेश सदस्य तिर्थ सिग्देल, पूर्व केन्द्रिय सदस्य गणेश लम्साल, अग्रज पत्रकार यज्ञ सर्माले बदलिँदो परिस्थितिमा तीन तहले निर्माण गर्ने संचार कानुन स्वतन्त्रता मैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।