Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउमाई नगरपालिका धमाधम काठका पोल हटाउँदै

देउमाई नगरपालिका धमाधम काठका पोल हटाउँदै

  • लोकल सन्देश
  • बिहिबार, फाल्गुन २ २०७५


देउमाई नगरपालिका धमाधम काठका पोल हटाउँदै

देउमाइ ।  देउमाइ नगरपालिका भित्र रहेका काठका पोल हटाउन स्थानीय सरकारले काम शुरु गरेको छ । विद्युत विस्तार गर्दा गाडिएका काठका पोल मक्किएर विद्युत प्रशारण लाइन धरापका रुपमा रहेको र त्यसको बदलामा स्टिल पोल लगाउने काम शुरु भएको हो । काठका पोल हटाउने अभियानसँगै नेपाल विद्युत प्राधिकरण इलाम शाखाको समन्वयमा १५ देखि २५ एम्पियरका साना ट्रान्सफर्मर हटाएर बढी क्षमताको राख्ने काम शुरु भएको देउमाई नगरपालिका प्रमुख सुर्य पोखरेलले बताउनुभयो ।
काठका पोल हटाउनका लागि गत बर्ष १ करोड बजेट विनियोजन गरेपनि खर्च हुनसकेको थिएन । कच्चपर्दाथको मुल्य बढ्दा स्टिमेट अनुसार स्टिल पोल पाउन नसकिएपछि चालु आर्थिक वर्षदेखि काठका पोल परिवर्तन गरि स्टिल पोल राख्न शुरु गरिएको हो । यस बर्ष काठका पोल परवर्तनका लागि २ करोड नगर कार्यपालिकाबाट विनियोजित गरिएको छ भने नेपाल विद्युत प्राधिकरणले १ करोड २० लाख रुपैँया सहयोग गरेको छ ।


विद्युत प्राधिकरणले गत बर्ष ७ सय को संख्यामा देउमाई नगरपालिका क्षेत्रका विद्युतिय पोलहरु फेरेको थियो । यस बर्ष १ हजार स्टिल पोल लगाउने कार्य शुरु भइसकेको प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद दाहालले बताउनुभयो । दाहालका अनुसार आगामी आर्थिक बर्षमा देउमाई नगरलाई काठका पोल फ्री बनाउने स्थानीय सरकारको निर्णय रहेको छ ।
विद्युत प्राधिरकणको तथ्यांकमा २ हजार काठका पोल देउमाई नगरपालिकाकामा रहेका छन् । कतिपय ठाँउमा जनता आफै उत्साहित भएर ओ थ्री को तारबाट गाँउमा पाइने सखुवा, चिलाउने, टिकका रुखको पोल बनाई विद्युत विस्तार गरिएकाले प्राथमिकताका साथ स्टिल पोल परिवर्तन शुरु गरिउको हो । काठका पोलका कारण मक्किएर पटक पटक विद्युत प्रशारणमा समस्या आउने र ग्राहाकको संख्या बढेपनि कम क्षमताका ट्रान्सफर्मरका कारण समस्या भएकाले जनताको माग अनुसासर काम गरिएको नगर प्रमुख सूर्य पोखरलेलले बताउनुभयो ।
प्रमुख पोखरेलका अनुसार तर गत बर्ष ७०० र यो बर्ष १ हजार फलामे पोल विस्तार गर्दा विद्युतमा देखिएको समस्या धेरै कम हुनेछ । नगरपालिकाले विद्युत विस्तार गर्नुपर्ने स्थानमा पनि स्टिलको पोल मात्रै प्रयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार