फिक्कल । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ मा शनिबार जनताको गुनासो सुन्ने कार्यक्रम ‘गुनासो चौतारी’ कार्यक्रम सम्पन्न भएको छ ।
सूर्योदय नगरले जनताको गुनासो सुन्न र सम्बोधन गर्न शुरु गरेको कार्यक्रम अन्तरगत नौ नम्बर वडा कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर नौ का अध्यक्ष देवेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रम तोकीएको समय भन्दा १ घण्टा ३० मिनेट पछि मात्र शुरु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख रणबहादुर राई ढिलो गरी कार्यक्रममा आए पछि स्थानीयले लामो समय कार्यक्रममा पर्खनु परेको थियो । कार्यक्रममा उपस्थित सहभागीले नगरले तोकेको समय भन्दा ढिलो गरी कार्यक्रम शुरु गरेकोमा असतुष्टी पोखेका थिए । जनगुनासो राख्ने क्रमममा नगरले गरेका कार्यक्रम र जनप्रतिनिधिले चुनाव ताका गरेका प्रतिवद्धताका बिषयामा औलाएका थिए ।
जनगुनासो राख्दै फिक्कलका दुग्द ब्यावसायी दिनेश महतले किसान र दुग्ध ब्यावसायी समस्यामा पर्दा पनि नगरले चासो नदिएको गुनासो राख्नु भयो । उहाले बजारीकरणका कारण ब्यावसायी पलायन हुने अवस्थामा पुग्द पनि स्थानीय सरकार मौन बनेको बताउनु भयो । यस्तै स्थानीय भुपाल पोखरेलले नगरपालिकाले जग्गाको कर बढाएर जनताको ढाड सेक्ने काम गरेको बताउनु भयो ।
पोखरेलले आफुले गाबिस हुदा ४ सय तिरेको जग्गाको नगरपालिका हुँँदा २ हजार २ सय कर तिर्नु पर्दा मारमा परेको बताउनु भयो । कार्यक्रममका नगरले स्वास्थ्य शिक्षा युवा स्वरोजगार , महिलाका बिषयमा नगरले कुनैकाम गर्न नसकेको आरोप लागाएका थिए । कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र शर्माले जनताको गुनासो बढी भए पनि छोटो समय भएकाले सम्बोधन गर्न नसकिएको बताउनु भयो ।
जनताको सम्बोधन गर्ने क्रममा सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले समग्र रुपमा दैनिक जनजिविकाका प्रश्न उठे पनि प्रविधि र नगरका गतिविधिका बारेमा मात्र चर्चा गर्नु भयो । नगर प्रमुख राई समक्ष सयौ प्रश्न तेर्सीए पनि राईले नगरको गतिविधि , प्रविधि अन्तरगत नगरको वेभसाईड , एप्लीकेसन फेसबुक पेज लगायतका बारेमा लामो समय खर्चनु भयो ।
कार्यक्रममा नगर प्रमुख राईले नगरका बिषयमा उठेका जवाफ प्रति कुनै जिज्ञासा मेटाउन भ्याउनु भएन ।उहाले लामो समय आफना गतिविधिका बरेमा चर्चा गर्नु भयो । कार्यक्रममा सहभागीले आफनो जिज्ञासा नमेटीएको गुनासो समेत गरेका थिए ।
वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र शर्माले छोटो समयमा जनताका गुनासालाई सम्बोधन गर्न नसकिएको बताउनु भयो । उहाले जनताकै काम गरिरहे पनि जनगुनासा समेटन भने नसकिएको बताउनु भयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगका प्रमुख हेमराज ओली, सूर्योदय नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भटरराई , निमित्त कार्यकारी अधिकृत खगेन्द्र बर्देवा , वडा नम्बर नौ का अध्यक्ष देवेन्द्र शर्मा लगायतले आफना धारण राख्नु भएको थियो ।
नगरले सो कार्यक्रम १४ वटै वडामा सचालन गर्ने जनाएको छ । नगरका बिभिन्न बिषयमा प्रश्न उठे पनि नगर प्रमुख र सम्बन्धितले जनताका प्रश्नको जवाफ दिएनन् । पानी परेका कारण पनि कार्यक्रम प्रभावित भएको थियो ।