Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुगम मानिएको इलाम जिल्लाको दुर्गम फाकफोकथुम गाउँपालिका

सुगम मानिएको इलाम जिल्लाको दुर्गम फाकफोकथुम गाउँपालिका

  • सुजन तिमसिना
  • शनिबार, माघ २६ २०७५


सुगम मानिएको इलाम जिल्लाको दुर्गम फाकफोकथुम गाउँपालिका

इलाम । पश्चिमी इलामका बासिन्दा सडक, खानेपानी, विद्युत, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा नपाएर पिरोलिएका छन् । धुले सडकबाट हिउँदका ७ महिना सदरमुकामसँग जोडिने पश्चिमि इलामका बासिन्दालाई बर्षातमा समुद्रको टापुमा बसे सरह हुन्छ । आर्थिक, सामाजिक र मानव सुचाङ्कमा अब्बल मानिएको इलाम जिल्लाको पश्चिमि क्षेत्र सदरमुकामसँग १२ महिना सडक यातायातले अझैपनि जोडिएको छैन । धुले सडकबाट हिउँदका ७ महिना सदरमुकामसँग जोडिने पश्चिमि इलामका बासिन्दालाई बर्षातमा समुद्रको टापुमा बसे सरह हुन्छ ।
माहाभारत पर्वतको बायाँ पर्ने जिल्लाको फाकफोकथुम र माङ्सेबुङ्ग गाउँपालिकाबासिले इलाम विकासमा अगाडि रहेको ‘सुगमताको’ बिल्ला मात्रै भिरेका छन् । स्थानीय सरकार गठन भएको डेढवर्ष बितेपनि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत विस्तारको काम नहुँदा जनता समस्या झेल्न बाध्य भएको फाकफोकथुम गाउँपालिका आमचोकका कृष्णप्रसाद खनालले बताउनुभयो । मेचीराजमार्गको कालोपत्रे छोडेर ३६ किलोमिटर यात्रामा पुग्न सकिने फाकफोकथुम गाउँपालिकाको केन्द्र रहेको आमचोकमा सुद्ध खानेपानी, विद्युतको केन्द्रिय प्रशारण र सडककै भरपर्दो व्यवस्था छैन । हिउँदमा धुलो उडाउँदै कुद्ने गाडि वर्षातमा ठप्प हुँदा बिरामीको उपचारका लागि स्ट्रेचर खोज्नुपर्छ ।
३० करोड ३७ लाख बढी बजेट विनियोजन गरेको फाकफोकथुम गाउँपालिका आफै भौत्तिक संरचना विहिन छ । पञ्चायतकालिन ४ कोठे भवनमा केन्द्र रहेको गाउँपालिकाको ६ वडा भाडामा चल्दै आएका छन् । भौतिक, प्रशानिक र विकासका पुवार्धार अभावले जेलिएको गाउँपालिकामा जनप्रनिधि निर्वाचित भएर आएपनि डेढ वर्षबित्दा आफ्नो सम्भावना र विकासको गुरुयोजना बनाउन नसकेको प्रमुख प्रशासकिय अधिकृत डिल्लि सुबेदी बताउनुभयो । साविक ५ गाविस समायोजन गरि गाउँपालिका घोषणा गरिएपनि स्तरउन्नती भएका सडकहरु निर्माण नहुँदा वर्षातमा ७ महिना मात्रै सडकमा गाडि गुड्ने गरेका छन् ।
सदरमुकाम देखि ६५ किलोमिटर पश्चिममा रहेको फाकफोकथुम गाउँपालिकामा आफ्नो प्रशासनिक काम गर्ने भौतकि संरचना अभावले पञ्चायति भवनमा काम गरिँदै आएको छ । पञ्चायतकालमा निर्माण भएको ४ कोठे भवनमा प्रशासनिक काम गरिँदै आएको गाउँपालिकाको शाखा र वडा कार्यालयहरु भाडामा रहेका छन् । गाउँपालिकाको केन्द्र विवादले गर्दा मुख्य प्रशासनिक भवन निर्माणको काम अन्योल रहेको प्रमुख प्रशासकिय अधिकृत डिल्लि सुबेदीले बताउनुभयो ।
जनप्रतिनिधिको निर्वाचित भएर एक आर्थिक वर्षको बजेट कार्यान्वयन आएर दोस्रो आर्थिक वर्षको बजेट विनियोजनले सबै वडादेखि केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाको भनाइ छ । स्थानीय तहमा अधिकार भएपनि विकासको हिसावले अत्यन्त पछाडि रहेकाले गाउँपालिकाको विकास बजेटले परिवर्तनको अनुभुति आउन नसकेको स्थानीयको गुनासो छ । प्रमुख सुवेदी भन्छन् –‘ शिक्षा, स्वास्थ्य खानेपानी, सडक सबै हिसावपले पिछडिएको फाकफोकथुमलाई ५ वर्षमा परिवर्तन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’ केन्द्रिय प्रशारण लाइनले जोडिएपनि ८० प्रतिशत क्षेत्रमा विद्युत नपुगेको फाकफोकथुममा विद्युत विस्तारका लागि ४ र ५ नम्बर वडा काम भइरहेको गाउँपालिकाकी सुवदीको भनाइ छ ।
पुराना खानेपानी आयोजना मर्मत नहुँदा फाकफोकथुम गाउँपालिकाबासीले सुद्ध खानेपानीको उपभोग गर्न पाएका छैनन् । स्थानीय गोविन्द लामिछाने भन्छन्–‘इलामको कर्णालि मानिएको पश्चिमि क्षेत्रलाई विकासका ठुला योजनाहरु संचालन नभएकाले विकासका पूर्वाधारदेखि खानेपानी, शिक्षा र स्वास्थ्यमा पिछाडी छ ।’ लामिछाने थप्छन्–‘सदरमुकामसँग जोड्न र भौतिक पूर्वाधार विकास गर्न स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिले सरकारको समन्वय भई संयुक्त लगानी नभए कुनै एक सरकारको बजेटले मात्रै परिवर्तन नहुने देखिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार