Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिका र पाथिभरा संरक्षण समितिद्धारा विद्यालयलाई बस हस्तान्तरण

रोङ गाउँपालिका र पाथिभरा संरक्षण समितिद्धारा विद्यालयलाई बस हस्तान्तरण

  • डाइमण्ड तिमसिना
  • शनिबार, माघ २६ २०७५


रोङ गाउँपालिका र पाथिभरा संरक्षण समितिद्धारा विद्यालयलाई बस हस्तान्तरण

कुटिडाँडा ।    इलामको पूर्वी रोङ गाउँपालिका र पाथिभरा संरक्षण समिति कुटिडाँडाले विद्यालयलाई बस हस्तान्तरण गरेका छन् । रोङ गाउँपालिका १० लाख रुपैयाँ, पाथिभरा मन्दिर संरक्षण समितिबाट १० लाख र विद्यालयको ४ लाख २२ हजार ३ सय १२ रुपैयाँमा बस खरिद गरि विद्यालयलाई हस्तान्तरण गरेका छन् ।


रोङ गाउँपालिका ३ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयलाई गाउँपालिका र मन्दिर संरक्षण समितिले संयुक्त सहयोग गरि हस्तान्तरण गरेका हुन् । अपुग रकम विद्यालयको आन्तरिक श्रोतबाट थप गरिएको थियो ।
हस्तान्तरण गरिएको बस रोङ गाउँपालिका ३ स्थित सिद्धदेवी हाँसपोखरी पुजाआजा गरि रिविन काटेर गाउँपालिका अध्यक्ष समसेर राई, उपाध्यक्ष चन्द्रकला बुडाथोकी राई, वडा नम्बर ३ का अध्यक्ष मात्रिका बराल लगायतका अतिथिहरुले संयुक्त रुपमा विद्यालयलाई बस हस्तान्तरण गर्नुभएको थियो ।


खरिद गरिएको बस भन्सार रकम बाहेक २० लाख ९० हजार रहेको विद्यालयका प्रधानाध्यापक हिमेश्वर यादवले बताउनुभयो । विद्यालयमा प्रयोग गर्ने बसको भन्सार सुल्क साढे सात प्रतिसत गरि एक लाख ५७ हजार ३ सय १२ रुपैयाँ खर्च भएको थियो । विद्यालयलाई हस्तान्तरण गरिएको गाडि प्रयोग गरि ७० जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक हिमेस्वर यादवले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार