Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङ् गाँउपालिका २ शान्तिपुर दुधेमा २८५५ औ सोनाम ल्होसार

रोङ् गाँउपालिका २ शान्तिपुर दुधेमा २८५५ औ सोनाम ल्होसार

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ २४ २०७५


रोङ् गाँउपालिका २ शान्तिपुर दुधेमा २८५५ औ सोनाम ल्होसार

इलामको रोङ् गाँउपालिका २ शान्तिपुर दुधेका २८५५ औ सोना ल्होसारको अवसरमा हिजो विविध कार्यक्रम सम्पन्न भएको छ । श्री साङ्खे छेथरलिङ्ख गुम्बा व्यवस्थापन समितीको आयोजनामा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथी प्रदेशसभा सदस्य काजीमान कागतेले विभिन्न चाडपर्वले नेपालीलाई एकताको सुत्रमा बाध्ने र मुलुकलाई समृद्धिको गति तर्फ अघि बढाउन टेवा पु¥याउने बताए।

कार्यक्रममा पुर्व सभासद टिकाराम लेप्चाले ल्होसारको विदा नदिएर प्रदेश सरकारले धर्मावलम्बीहरुमाथी अन्याय गरेको बताउँदै चाडपर्वले मुलुकको समृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने चर्चा गरे । त्यसैगरी गाँउपालिका अध्यक्ष शम्शेर राईले भौतिक विकास र कला संस्कृतीको संरक्षणमा लागी पर्ने बताउँदै भाषा संरक्षणमा लोपोन्मुख लेप्चा भाषा संरक्षणको कार्ययोजना बनाएर अगाडी बढाउने बताए । गुम्बा व्यस्थापन समिती अध्यक्ष टेकबहादुर तामाङ्खको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डम्फु गित, साकेला नाँच लगायतका सांस्कृतीक झाँकी समेत देखाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार