Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका प्रदुषण कर लिने निर्णयबाट पछि हट्याे

इलाम नगरपालिका प्रदुषण कर लिने निर्णयबाट पछि हट्याे

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ २३ २०७५


इलाम नगरपालिका प्रदुषण कर लिने निर्णयबाट पछि हट्याे

इलाम । इलाम नगरपालिकाले पेट्रोलियम पर्दाथमा प्रति लिटरमा लिँदै आएको ५० पैसा प्रदुषण कर आगामी फागुन १ गतेबाट नलिने भएको छ । वातावरण प्रदुषण नियन्त्रण करको रुपमा लिँदै आएको अतिरिक्त ५० पैसा लिने निर्णय फिर्ता भएको नगर प्रमुख महेश बस्नेतले बताए । सवै स्थानिय तहले प्रदुषण नियन्त्रणका लागी कर संकलन गर्न पाउने व्यवस्था भएपनि हाल लिन नपाइने निर्णय भएपछि नगरले प्रदुषण नियन्त्रण करको प्रावधान हटाइएको बस्नेतले बताए ।

गत असार ३१ गते नगरपालिकाले प्रदुषण नियन्त्रणका लागि भन्दै इन्धनमा प्रतिलिटर ५० पैसा कर लिने निर्णय गरेको थियो । निर्णयपछि गत भदौ ७ गतेबाट कर लिन सुरु गरिएको थियो ।
नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर इन्धनमा एक रुपैयाँ कर लिने व्यवस्था गरेको थियो । तर इलाम नगरपालिकाले भने ५० पैसामात्र राखेको थियो ।

प्रदुषण नियन्त्रणबाट ३० लाख रुपैैयाँ कर संकलन गर्ने अपेक्षा राखेकोमा हालसम्म ५ लाख रुपैया कर संकलन भइसकेको जनाएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षबाट घरबहाल करमा बृद्धि गरेको छ । हाल नगरसभाबाट पारित भएर लागु हुँदै आएको ७ प्रतिशत करलाई बढाएर आर्थिक बर्ष २०७६÷७७ मा १० प्रतिशत पु¥याइएको छ । त्यसैगरी नगरले इलाममा मेडिकल कलेजको संभाव्यता अध्ययनपछि कलेजको लागी जग्गा खोजी र मुल्यांकनको लागी वडा नं ९ का अध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जग्गा खोजी तथा मुल्यांकन समिती गठन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार