इलाम । ३ बर्ष अघिबाट पकेट क्षेत्र संचालनमा आएपछि अकबरे खेती तर्फ इलामका किसानहरु आर्कषित भएका छन । प्रधानमन्त्री कृषि परियोजना अन्र्तगत माइजोगमाई गाउँपालिकाको सोयाङमा लालीगुँरास अकबरे उत्पादन पकेट आयोजना र रोङ गाउँपालिकाको देवानछाप खुर्सानी पकेट आयोजना सञ्चालनमा आएपछि सो क्षेत्रका किसानहरु अकबरे खेती तर्फ आर्कषित भएका हुन । १० हेक्टर क्षेत्रफलमा खुर्सानी लगाउनु पर्ने मापदण्डअनुसार दुवै पकेट क्षेत्रमा कार्यक्रम सञ्चालन भएको कृषिज्ञान केन्द्र इलामका प्रमुख रामसोगारथ शाहले बताए । खुर्सानी बालीलाई पनि व्यावसायिकता तिर लैजान जिल्लाको कृषि ज्ञान केन्द्रमार्फत पोष्ट हार्भेष्ट, साना सिँचाइ र बीउबिजनमा सहयोग पु¥याइदै आएको छ । इलाम घुम्न आउने पर्यटक तथा अध्ययन टोली इलामका ग्रामीण क्षेत्रमै पुगेर अकबरेको अध्ययन गर्न थालेका छन । इलामको सात अ मध्ये एक मानिएको अकबरे खोसार्नी इलाम आउने पर्यटकको कोशेली हुन थालेपछि किसानको आम्दानी समेत बढदै जान थालेको छ । पकेट क्षेत्र संचालनमा आएपछि जिल्ला भित्र र बाहिरका व्यपारीहरु किसानको खेतसम्म पुग्ने गरेका छन ।
अकबरे विक्री गरेर वार्षिक ५ लाख भन्दा धेरै कमाउने कृषक धेरै छन् । माइजोगमाईका किसानहरुले अन्य खेती छाडेर नै भएभरको बारीमा अकबरे लगाएका छन । माइजोगमाईका किसान श्यामप्रसाद न्यौपाने सातामा ७० केजीभन्दा बढी अकबरे हुने गरेको बताउँछन । ‘बार्षिक कमाई तीन लाखको हाराहारीमा हुन्छ ।’ लाेकल सन्देशसँग कुरा गर्दै उनले भने । निम्न आयस्तर भएको उनको परिवारलाई यो खेती थालेपछि घर खर्च चलाउन सहज भएको छ । दुई रोपनीदेखि २० रोपनी क्षेत्रफलसम्म अकबरे खेती विस्तार गरेर यहा“का किसानले राम्रै आम्दानी गरेका छन । खा“दा स्वादिलो हुने र असर कम गर्ने भन्दै राजधानीसम्म अकवरेको माग बढ्दै गएको छ ।
इलाममा उत्पादित खुर्सानी पूर्वी तराई हुँदै भारतका सिलिगुढी, दार्जिलिङ, सिक्किम, कालेम्पुङ मेघालय लगायतका बजारसम्म जाने गरेको छ । पछिल्लो समय हङकङ, सिंगापुरबाट समेत माग वढ्न थालेको छ । स्थानीय वजारमा प्रतिकेजी २ सय ५० देखि ४ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको अकबरे खुर्सानीको हावापानीको हिसाबले १ हजारदेखि १ हजार ९ सय मिटरको उचाइसम्म गर्न सकिने प्राविधिकहरूको भनाइ छ ।
जिल्लाका हरेक गाउँमा यसको व्यवसायिक खेती गर्ने कृषकको संख्या थपिदो छ । यहाँको अकबरेको विउ खोज्दै पश्चिमी जिल्लाका कृषक पनि आउने क्रम बढेको छ । चियाबारीको हरियालीस“गै कृषिको अध्ययनमा आउने टोलीले अकबरेको बगान घुम्न छुटाउदैनन् । प्याकिङ गरेर लामो समयसम्मसमेत राख्ने भएकाले यहा“ आउने आन्तरिक र बाहय पर्यटकले पनि कोसेलीको रुपमा लैजाने गरकाले अकबरेको विक्री बढ््दै गएको छ । कृषकवाट खरिद गरेर प्याकिङ गर्दै बजारसम्म पुर्याउनेलाइ पनि रोजगारीको अबसर सिर्जना भएको छ । ‘अकबरेकै प्याकिङ गरेर जिल्ला र बाहिरका बजारसम्म पु¥याउन भ्याइनभ्याई छ,’ इलाम सदरमुकाममा उद्योग नै संचालन गरेर कारोबार गर्दै आएकी उषा निरौलाले भनिन ‘माग बढ््दै गएकाले व्यस्तता पनि उत्तिकै छ ।’ निरौलाले बजारमा अकबरे खुर्सानीको अचार, पेस्ट, निम्की बनाएर बिक्री गर्दै आएकी छन । इलाममा १६३ हेक्टरमा ६ सय १० मेट्रिक टन अकबरे उत्पादन हुने गरेको छ । अकबरे बिक्रीबाट नै इलाममा बार्षिक १३ करोड ७५ लाख रुपैयाँ भित्रने कृषि ज्ञान केन्द्र प्रमुख रामसोगारथ शाहले बताए ।