Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलाम कांग्रेसले गर्‍यो प्रधानमन्त्री ओलीलाई खबरदारी

इलाम कांग्रेसले गर्‍यो प्रधानमन्त्री ओलीलाई खबरदारी

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ २१ २०७५


इलाम कांग्रेसले गर्‍यो प्रधानमन्त्री ओलीलाई खबरदारी

इलाम । इलाम कांग्रेसले  प्रदर्शन गरेको छ । नेपाली कांग्रेस जिल्ला अध्यक्ष हिमाल कर्मचार्य लगायतका नेताहरुले इलाममा प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका थिए।

जिल्लाका विभिन्न स्थानवाट आएका कार्यकर्ताहरुले सदरमुकाम इलाममा नारा जुलुस गरि इलाम बजार परिक्रमा गरेकाे थियाे ।

टुडिखेलवाट सूरु भएको प्रदर्शन  चाेकबजारमा पुगेर सभामा परिणत भएकाे थियाे । सभालाई हिमाल कर्मचार्य, नगेन्द्र कुमाल होम दुलाल, भेषराज आचार्य, टिकाराम सुब्बा  लगायतका जिल्लाका नेताहरुले सम्वोधन गरेका थिए ।  काँग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो ।

सरकारको अधिनायकवादको शैलिमा अगाडी बढेकाे संसदीय सर्वोच्चता कायम गर्न माग, सरकारको भ्रष्टाचार , राज्य आतंक बन्द गर्न माग, संसदीय मर्यादा पालना गर्न माग, हत्याहिंसा बन्द गर्न माग, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग,निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग, चर्को मुल्यवृद्धि फिर्ता गर्न लगायतका माग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार