Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्थानीय तहमा पुग्दै बैँक, मेगा बैंक नेपाल लिमिटेड रोङ शाखाको उद्घाटन

स्थानीय तहमा पुग्दै बैँक, मेगा बैंक नेपाल लिमिटेड रोङ शाखाको उद्घाटन

  • डाइमण्ड तिमसिना
  • आइतबार, माघ २० २०७५


स्थानीय तहमा पुग्दै बैँक, मेगा बैंक नेपाल लिमिटेड रोङ शाखाको उद्घाटन

 रोङ । मेगा बैंक नेपाल लिमिटेडको १ सय २ औ शाखाको आज इलामको रोङ गाउँपालिकामा औपचारीक रुपमा उद्घाटन गरिएको छ ।
एक औपचारीक कार्यक्रमका बिच रोङ गाउँपालिका अध्यक्ष शमसेर राईले सो बैंकको उद्घाटन गर्नु भयो ।
बैंकको उद्घाटन गर्दै अध्यक्ष राईले धनीको पहुँचमा मात्र नभई गरिवका झुपडीमा पनि अवको बैंक पुग्नु पर्ने बताउनु भयो । उहाले बैंकले गाउँपालिकाका सबै नागरिकलाई समेटेर कारोबार गर्न सके मात्र गाउँपालिका अन्तरगतको बैंक हुने भएकाले सोहि अनुरुप काम गर्न आग्रह गर्नु भयो । अध्यक्ष राईले बैंकले ऋण लगानी गर्न केहि समस्या भए गाउँपालिका र बैंक बिच आपसी समझदारी गरेर जनतालाई सहज रुपमा सेवा दिने बातावरण बनाउनु पर्ने बताउनु भयो । उहाले किसान , महिला पिछडिएको बर्ष सबैको पहँुचमा बैंकको सेवा पुरयाउन जनप्रतिनिधि लागि पर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज बाशिष्ठले निजी लगानीका बैंक घरदैलोमा आए पछि ग्राहकको काम छिटो छरितो हुन थालेको बताउनु भयो । उहाले सरकारी बैंक मात्र हुँदा घण्टौ लाईन बस्नु पर्ने जस्ता बाध्यता हटेको बताउनु भयो ।
कार्यक्रमममा बैंकका क्षेत्रीय प्रवन्धक अविशेक कार्कीले आगामी दिनमा बैंकले छिटो छरितो सेवा प्रदान गर्ने बताउनु भयो । प्रवन्धक कार्कीले गाउँपालिकाको समन्वयमा बंैक संचालनमा आएकाले बंैकको स्थाईत्वका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बंैकका रोङ शाखा प्रमुख प्रकाश भट्टाईले हाल सम्मको अवस्थामा शाखाको कारोबार सन्तोष जनक रहेको बताउनु भएको थियो ।
कार्यक्रममा रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राई , ३ नं वडा अध्यक्ष मातृका बराल , स्थानीय नरेश पौडेल , दौलत राई , सो बैंकका बिभिन्न शाखा प्रमुख लगायत स्थानीय ब्यावसायी र संचारकर्मीको सहभागीता रहेको थियो । सरकारले स्थानीय तहमा एउटा बाणिज्य बैंङको शाखा खोल्ने नीति अनुरुप मेगा बैंकले गत बैशाख २८ गते देखि रोङ गाउँपालिकाको हर्कटे बजारमा सेवा शुरु गरेको थियो । मेगा बैंकले आजै हिराहको लाहानमा एउटा शाखा र थप २७ वटा स्थानीय तह अन्तरगत बैंकको शाखा उद्घाटन गरेको छ ।
मेगा बंैक नेपालको दोस्रो ठूलो चुत्ता पुँजी भएको क बर्गको बैंक हो । बैंकमा ३ हजार बढी संस्थापन शेयर धनी , २ लाख बढी साधारण सशेयरधनी र ६ लाख बढी ग्राहक रहेका छन । छिटो र भरपर्दो सेवाका कारण स्थापनकाको ९ बर्षमै सो बैंकले लोकप्रियता कमाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार